डोटीको बोगटान फुड्सिल गाउँपालिकामा अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्षमा कांग्रेस विजयी

May 16, 9:17
डोटी२ जेठ / डोटीको बोगटान फुड्सिल गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्र र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । अध्यक्षमा माओवादी केन्द्रका कमलवहादुर गड्सिला विजयी हुँदा उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विष्ना देउवा बम विजयी भएकी हुन् ।

अध्यक्षमा गड्सिलाले २ हजार ५८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उमेदवार हस्तवहादुर बुढाले २ हजार २४ मत प्राप्त गरेका थिए । कांग्रेसका उम्मेदवार डिलवहादुर बमले एक हजार ९३४ मत प्राप्त गरे ।
उपाध्यक्षमा कांग्रेसकी बमले २ हजार ६३ मत ल्याउँदै विजयी हुँदा निकटम प्रतिद्वन्द्वी एमालेकी ज्ञानु मल्ल बमले एक हजार ९९१ मत प्राप्त गरिन् । अर्का प्रतिद्वन्द्वी माओवादी केन्द्रकी कतावतीकुमारी चिमालाले एक हजार ८७१ मत प्राप्त गरिन
वडाध्यक्षहरूमा वडा नम्बर २ मा भरतवहादुर बम, वडा नम्बर ३ मा कृष्णबहादुर बम र वडा नम्बर ५ मा रामबहादुर बोहरा गरी तीनजना कांग्रेसबाट विजयी हुँदा वडा नम्बर १ मा खेमवहादुर घर्तीमगर र वडा नम्बर ६ मा श्याम बोगटी गरी दुइजना एमालेबाट निर्वाचित भए ।

यस्तै वडा नम्बर ४ मा दीपवहादुर बम र वडा नम्बर ७ मा चन्द्रभान सुनारसहित २ जना माओवादी केन्द्रका उम्मेदवार विजयी भए ।

सम्बन्धित वर्गका समाचारहरू

गुरुकुल एकेडेमीमा आम निर्वाचनको झल्को, बिद्यार्थी…
धनगढी- धनगढीको गुरुकुल एकेडेमीमा मतदान मार्फत बिद्यार्थी परिषद चुनिन लागेको छ । निजि लगानीमा… विस्तृतमा
धनगढी उपमहानगरपालिकाका मेयर हमाल द्वारा पदभार ग्रहण…
धनगढी ९जेठ / धनगढी उपमहानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख गोपाल हमालले पदभार ग्रहण गरेका छन । … विस्तृतमा
कञ्चनपुरको पुनर्वासको मेयरमा काँग्रेसका शर्मा र…
धनगढी, ९ जेठ ।  कञ्चनपुरको पुनर्वास नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका तोयप्रसाद शर्मा विजयी भएका… विस्तृतमा
कोरोनामा अहोरात्र खटिएका गज्जुः कान्छा वडाध्यक्ष…
धनगढी, ६ जेठ /  धनगढी उपमहानगरपालिकाको वडा नम्बर ५ को अध्यक्षमा गजेन्द्र शाही (कट्टे) ले सबैभन्दा… विस्तृतमा