एमाले ‘लालकिल्ला’मा कांग्रेसको जीत

May 16, 10:39
डोटी २ बैशाख /  डोटीको आदर्श गाउँपालिकामा नेकपा एमालेको ‘लालकिल्ला’ नेपाली कांग्रेसले तोड्न सफल भएको छ । यहाँ गाउँपालिका अध्यक्ष, उपाध्यक्ष सहित ४ वटा वडाहरूमा कांग्रेस विजयी भएको छ ।

गाउँपालिका अध्यक्षमा कांग्रेसका उमेदवार गणेशवहादुर खड्का विजयी भएका छन् । उनले ३ हजार ७७३ मत प्राप्त गर्दा एमालेका उमेदवार डम्बर ओलीले ३ हजार ३७७ मतमा रोकिए । नेकपा एकीकृत समाजवादीसँगको गठबन्धनमा उठेका नेकपा माओवादी केन्द्र उम्मेदवार योगेन्द्रवहादुर खड्काले ९ सय ७ मत मात्रै प्राप्त गरे । राष्ट्रिय प्रजातन्त्र पार्टीका उमेदवार तारा प्रसाद ओझा १३६ मतमा सीमित रहे ।

त्यस्तै उपाध्यक्षमा कांग्रेसका उमेदवार लक्ष्मी धामी रोकाया ३ हजार ६७४ मत सहित विजयी भइन । एमाले उमेदवार जानकी खड्काले ३ हजार ३८९ मत प्राप्त गरिन । माओवादी केन्द्रसँगको गठबन्धनमा लडेका नेकपा एसका उम्मेदवार रमेश विष्टले ३३३ मत मात्रै प्राप्त गर्दा राप्रपाकी कविता साउदले १७२ मत प्राप्त गरिन् ।
७ वटा वडाहरूमा ४ वडामा कांग्रेस र ३ वडामा एमाले विजयी भएको छ । कांग्रेसका वडा नम्बर १ मा भरतवहादुर खड्का वडा नम्बर ४ मा राजेन्द्र ओझा, वडा नम्बर ५ मा उत्तम बहादुर सिंह र वडा नम्बमा लालवहादुर विष्ट निर्वाचित हुँदा एमालेबाट वडा नम्बर २ मा रमेश साउद, वडा नम्बर ३ मा वीरेन्द्रप्रसाद पाठक र वडा नम्बर ६ मा लालवहादुर खडायत निर्वाचित भए ।

२०७४ को निर्वाचनमा आदर्श गाउँपालिकामा ६ वटा वडा सहित नेकपा एमाले विजयी भएको थियो भने कांग्रेसले एउटा वडा मात्रै जितेको थियो ।

सम्बन्धित वर्गका समाचारहरू

गुरुकुल एकेडेमीमा आम निर्वाचनको झल्को, बिद्यार्थी…
धनगढी- धनगढीको गुरुकुल एकेडेमीमा मतदान मार्फत बिद्यार्थी परिषद चुनिन लागेको छ । निजि लगानीमा… विस्तृतमा
धनगढी उपमहानगरपालिकाका मेयर हमाल द्वारा पदभार ग्रहण…
धनगढी ९जेठ / धनगढी उपमहानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख गोपाल हमालले पदभार ग्रहण गरेका छन । … विस्तृतमा
कञ्चनपुरको पुनर्वासको मेयरमा काँग्रेसका शर्मा र…
धनगढी, ९ जेठ ।  कञ्चनपुरको पुनर्वास नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका तोयप्रसाद शर्मा विजयी भएका… विस्तृतमा
कोरोनामा अहोरात्र खटिएका गज्जुः कान्छा वडाध्यक्ष…
धनगढी, ६ जेठ /  धनगढी उपमहानगरपालिकाको वडा नम्बर ५ को अध्यक्षमा गजेन्द्र शाही (कट्टे) ले सबैभन्दा… विस्तृतमा