सुदुरपश्चिममा नेपाली कांग्रेस अगाडी

May 19, 11:22

धनगढी ५ जेठ /  स्थानीय तह निर्वाचन २०७९ को मत परिणाम सार्वजनिक हुने क्रम जारी छ। हालसम्म सुदूरपश्चिम प्रदेशका ८८ मध्ये ७६ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। 

सार्वजनिक मत परिणाम अनुसार नेपाली कांग्रेसले अग्रस्थानमा रहेको छ। उक्त पार्टीले ३५ स्थानीय तहमा जित निकालेको छ। यस्तै दोस्रोमा रहेको नेकपा एमालेले २३ पालिकामा जित निकाल्दा नेकपा माओवादी केन्द्रले १३ पालिकामा प्रमुख जितेको छ। 

प्रदेशमा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीले २ र २ पालिकामा जित निकाल्दा एउटा पालिकामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। अब प्रदेशका एक उपमहानगरपालिका एक गाउँपालिका र १० नगरपालिकाको अन्तिम मत परिणाम मात्रै सार्वजनिक गर्न बाँकी रहेको छ।

नेपाली काँग्रेस 
१- डोटीको बडीकेदार गाउँपालिका– भैरवबहादुर साउद
२- बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका– भरत रोकाया
३- बैतडीको शिवनाथ गाउँपालिका– कर्णसिंह साउद
४- डडेल्धुराको नवदुर्गा गाउँपालिका– लक्ष्मीप्रसाद अवस्थी
५- अछाम ढकारी गाउँपालिका– प्रकाशबहादुर साउद
६- डडेल्धुराको गन्यापधुरा गाउँपालिका– इन्द्रबहादुर कार्की विजयी
७- डोटीको आर्दश गाउँपालिका– गणेशबहादुर खड्का
८- अछामको कमलबजार गाउँपालिका–यज्ञप्रसाद ढकाल
९- अछामको बान्नीगणी जयगढ गाउँपालिका– टेकबहादुर साउद
१0- कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा–हरिशचन्द्र राना
११- बैतडीको सिगास गाउँपालिका– हरिसिंह धामी
१२- बझाङको बुंगल नगरपालिका– जयबहादुर धामी
१३- बझाङको मष्टा गाउँपालिका– ज्ञानबहादुर बोहरा
१४- डोटीको पुर्वीचौकी गाउँपालिका– रामप्रसाद उपाध्याय
१५- अछामको रामारोशन गाउँपालिका– मानबहादुर साउद
१६- डोटीको सायल गाउँपालिका– धर्मराज जोशी
१७- बैतडीको पाटन नगरपालिका– गौरिसिंह रावल
१८- डडेल्धुराको अमरगढी नगरपालिका– डिल्लीराज जोशी
१९- अछामको चौरपाटी गाउँपालिका– भिमबहादुर साउद
२०- बझाङको खप्तडछान्ना गाउँपालिका– उत्तम रोकाया
२१- बझाङको वित्थडचिर गाउँपालिका– अम्मरसिंह महर
२२- डोटीको दीपायल सिलगढी नगरपालिका– बाजिसिंह खड्का
२३- डडेल्धुराको नवदुर्गा गाउँपालिका– लक्ष्मीप्रसाद अवस्थी
२४- बाजुराको हिमाली गाउँपालिका– गोविन्दबहादुर मल्ल
२५- डोटीको केआईसिंह गाउँपालिका– लोकेन्द्रबहादुर शाही
२६- बाजुराको त्रिवेणी नगरपालिका– कर्णबहादुर थापा
२७- डोटीको शिखर नगरपालिका– दीर्घ बलायर
२८- डडेल्धुराको पर्शुराम नगरपालिका– भरत बडायर जोशी
२९- बाजुराको हिमाली गाउँपालिका– गोविन्दबहादुर मल्ल
३०- बझाङको जयपृथ्वी नगरपालिका–चेतराज बजाल
३१- बैतडीको पुर्चौंडी नगरपालिका– दीपकबहादुर बम
३२- कैलालीको गोदावरी नगरपालिका– वीरेन्द्र भट्ट
३३- कैलालीको कैलारी गाउँपालिका– राजसमझ चौधरी
३४- कञ्चनपुरको बेदकोट नगरपालिका– भोजराज बोहरा
३५- बझाङको सुर्मा गाउँपालिका–  खडक बोहरा

नेकपा एमाले 
१- बझाङको साइपाल गाउँपालिका– मानबहादुर बोहोरा विजयी
२- बझाङको थलारा गाउँपालिका– प्रकाश रोकाया विजयी
३- दार्चुलाको महाकाली नगरपालिका– नरसिंह चैसिर 
४- बैतडीको पन्चेश्वर गाउँपालिका– गोरखबहादुर चन्द
५- दार्चुलाको शैल्यशिखर नगरपालिका– विजयसिंह धामी
६- डोटीको जोयारल गाउँपालिका– दुर्गादत्त ओझा
७- कञ्चनपुरको लालझाडी गाउँपालिका– निर्मल राना
८- बाजुराको गौमुल गाउँपालिका– हरिबहादुर रोकाया 
९- कैलालीको चुरे गाउँपालिका– चक्रबहादुर बोगटी
१०- दार्चुलाको मालिकार्जुन गाउँपालिका– हिरासिंह धामी
११- दार्चुलाको दुहुँ गाउँपालिका– नरेन्द्रबहादुर वडाल
१२- बैतडीको दशरथचन्द नगरपालिका– पुष्करराज जोशी ९लख्खाभाइ० 
१३- बाजुराको खप्तड छेडेदह गाउँपालिका– दिलबहादुर रावत
१४- बैतडीको सुर्नया गाउँपालिका– अम्मर कुँवर
१५- बझाङको तलकोट गाउँपालिका– कलकबहादुर रोकाया
१६- दार्चुलाको व्यास गाउँपालिका– मंगलसिंह धामी
१७- अछामको तुर्माखाद– डम्मरबहादुर बिसी
१८- कैलालीको बर्दगोरिया गाउँपालिका– कर्णबहादुर कुँवर
१९- बाजुराको बडिमालिका नगरपालिका– अमरबहादुर खड्का
२०- बैतडीको दोगडाकेदार गाउँपालिका– चक्रबहादुर कार्की
२१- बाजुराको जगन्नाथ गाउँपालिका– कालीबहादुर शाही
२२-  कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका– किशोर लिम्बू
२३- अछामको मंगलसेन नगरपालिका– पदमबहादुर बोहरा

नेकपा माओवादी केन्द्र 
१- दार्चुलाको नौगाड गाउँपालिका– दलजीत सिंह धामी
२- दार्चुलाको मार्मा गाउँपालिका– जमनसिंह धामी
३- दार्चुला अपिहिमाल गाउँपालिका– भक्तसिंह ठेकरे
४- डडेल्धुरा आलिताल गाउँपालिका– शेरसिंह पार्की
५- डोटीको बोकटान फुड्सिल गाउँपालिका– कमलबहादुर गड्सिला
६- दार्चुलाको लेकम गाउँपालिका– रामदत्त जोशी
७- बैतडीको मेलौली नगरपालिका– भीमबहादुर चन्द
८- बझाङको दुर्गाथली गाउँपालिका– दिलबहादुर थापा
९- डडेल्धुराको अजयमेरु गाउँपालिका– उमेशप्रसाद भट्ट
१०- अछामको मेल्लेख गाउँपालिका– ज्वाला साउद
११- कञ्चनपुरको बेलौरी नगरपालिका– पोतिलाल चौधरी
१२- कैलालीको मोहन्याल गाउँपालिका– देवीदत्त उपाध्याय ‘हिमशिखर’
१३- बझाङको छविसपाथिभेरा गाउँपालिका– बसन्त चलाउने

नागरिक उन्मुक्ति पार्टी
१- कैलालीको टीकापुर नगरपालिका– रामलाल डगौरा थारु
२- कैलालीको जोशीपुर गाउँपालिका– चित्रबहादुर चौधरी

नेकपा(एकीकृत समाजवादी)
१- कैलालीको घोडाघोडी नगरपालिका– खडकबहादुर रावत
२- केदारस्युँ गाउँपालिका – गणेश बोहरा

स्वतन्त्र 
१- बैतडीको डिलासैनी गाउँपालिका–सन्तोषप्रकाश जोशी

सम्बन्धित वर्गका समाचारहरू

गुरुकुल एकेडेमीमा आम निर्वाचनको झल्को, बिद्यार्थी…
धनगढी- धनगढीको गुरुकुल एकेडेमीमा मतदान मार्फत बिद्यार्थी परिषद चुनिन लागेको छ । निजि लगानीमा… विस्तृतमा
धनगढी उपमहानगरपालिकाका मेयर हमाल द्वारा पदभार ग्रहण…
धनगढी ९जेठ / धनगढी उपमहानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख गोपाल हमालले पदभार ग्रहण गरेका छन । … विस्तृतमा
कञ्चनपुरको पुनर्वासको मेयरमा काँग्रेसका शर्मा र उपमेयरमा राना…
धनगढी, ९ जेठ ।  कञ्चनपुरको पुनर्वास नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका तोयप्रसाद शर्मा विजयी भएका… विस्तृतमा
कोरोनामा अहोरात्र खटिएका गज्जुः कान्छा वडाध्यक्ष…
धनगढी, ६ जेठ /  धनगढी उपमहानगरपालिकाको वडा नम्बर ५ को अध्यक्षमा गजेन्द्र शाही (कट्टे) ले सबैभन्दा… विस्तृतमा