डाेटीमा पत्रकारद्वारा जनप्रतिनिधिलाई `कलम´ उपहार

May 20, 9:45

डोटी  ६ जेठ /  नवनिर्वाचित जनप्रतिनिधिलाई नेपाल प्रेस युनियन डोटीले `कलम´ उपहार दिएको छ। बिहीबार सिलगढीमा युनियनले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा जनप्रतिनिधिहरूलाई उपहार स्वरूप कमल दिएको हो। 

पाँच वर्षको कार्यकालमा स्थानीय सरकारको अनुभूति दिने खालका कार्यक्रम टिपोट गरे नमुना स्थानीय तहको रूपमा चिनाउन कलम उपहार दिएको नेपाल प्रेस युनियन डोटीका अध्यक्ष प्रकाश बमले बताए । उनले भने ,`विगतमा धेरै जसो स्थानीय तहमा मौखिक रूपमा योजना निर्माण हुँदा कार्यान्वयनमा ढिला सुस्ती हुनुका साथै भ्रष्टाचार मौलायो। अब निर्वाचित जनप्रतिनिधिहरूले लिखित रूपमा टिपोट गरेर जनभावना अनुरूप काम गर्नको लागि साङ्केतिक रूपमा कलम उपहार दिएका हौँ ।´ 

बमले थपे,´ “घरघरमा सिंहदरबार” को परिकल्पनालाई साकार पार्न र सङ्घीय तथा प्रदेश सरकारका कार्यक्रम वास्तविक लाभग्राही जनतामाझ पुर्‍याउन समेत स्थानीय तहले भूमिका निर्वाह गर्नु पर्दछ । प्रेस स्वतन्त्रता अभिव्यक्ति, तल्लो तहका जनताको जीविका र दैनिकीसँग जोडिएका स्थानीय सेवाको व्यवस्थापन, स्थानीय सड क, ग्रामीण सडक, कृषि सडक, सिँचाई जस्ता पूर्वाधार होस् वा स्थानीय मेलमिलाप र मध्यस्थकर्ता विषयमा स्थानीय सरकार सञ्चालन ऐन अनुसार काम गर्न सुझाए।´

सम्बन्धित वर्गका समाचारहरू

गुरुकुल एकेडेमीमा आम निर्वाचनको झल्को, बिद्यार्थी…
धनगढी- धनगढीको गुरुकुल एकेडेमीमा मतदान मार्फत बिद्यार्थी परिषद चुनिन लागेको छ । निजि लगानीमा… विस्तृतमा
धनगढी उपमहानगरपालिकाका मेयर हमाल द्वारा पदभार ग्रहण…
धनगढी ९जेठ / धनगढी उपमहानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख गोपाल हमालले पदभार ग्रहण गरेका छन । … विस्तृतमा
कञ्चनपुरको पुनर्वासको मेयरमा काँग्रेसका शर्मा र…
धनगढी, ९ जेठ ।  कञ्चनपुरको पुनर्वास नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका तोयप्रसाद शर्मा विजयी भएका… विस्तृतमा
कोरोनामा अहोरात्र खटिएका गज्जुः कान्छा वडाध्यक्ष…
धनगढी, ६ जेठ /  धनगढी उपमहानगरपालिकाको वडा नम्बर ५ को अध्यक्षमा गजेन्द्र शाही (कट्टे) ले सबैभन्दा… विस्तृतमा