सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले २६६ जनाका लागि खुल्यो विज्ञापन

May 24, 4:48

धनगढी, १० जेठ / सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले विज्ञापन खोलेको छ। स्थायी पदपूर्ति गर्न आयोगले तेस्रोपटक कर्मचारीको विज्ञापन खोलेको हो। आयोगले प्रदेश निजामती सेवाअन्तर्गत स्वास्थ्य सेवा तर्फको चौथो तह प्राविधिक पदको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन गरेको हो।

प्रदेश सरकार र अन्तर्गत रिक्त भएका पदमा स्थायी पदपूर्तिका लागि विज्ञापन गरिएको आयोगले जारी गरेको सूचनामा उल्लेख छ। आयोगका अनुसार अनमी खुलातर्फ ८५, महिलातर्फ ३०, आदिवासी–जनजातीतर्फ १५ र दलिततर्फ ५ जना माग गरिएको छ।

यस्तै अहेव खुलातर्फ ५३, महिलातर्फ २२, आदिवासीरजनजातीतर्फ १०, मधेसीतर्फ ६, दलिततर्फ २ र ल्याबअसिस्टेन्ट खुलातर्फ १ पदका लागि आवेदन खोलिएको छ।

यस्तै अनिमी, पब्लिक हेल्थ नर्सिङको खुलातर्फ ३, महिला, आदिवासीरजनजाती र मधेसीतर्फ १/१, जनरल आयुर्वेदको वैद्यको खुलामा १, ल्याबअसिस्टेन्ट खुलातर्फ २, महिला, आदिवासी जनजातीतर्फ १/१ जनाको लागि विज्ञापन गरिएको छ।

अहेवरकोल्डचेन असिष्टेन्टको खुलातर्फ १०, महिलातर्फ ३, आदिवासीरजनजातीतर्फ २, मधेसीतर्फ २ र दलिततर्फ १ जनाको लागि आवेदन खुलेको छ। आयोगका अनुसार २ सय ६६ पदका लागि विज्ञापन गरिएको छ।

यसअघि प्रदेश लोकसेवा आयोगले प्रदेश निजामती सेवाअन्तर्गत नेपाल वन सेवा, जनरल फरेष्ट्री समूह, तहविहीन, वन रक्षक, शिक्षा प्रशासनको प्राविधिक सहायक पदको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन गरेको थियो।

सम्बन्धित वर्गका समाचारहरू

बाजुराको स्वामीकार्तिकमा भाइरल ज्वरोको प्रकोप बढेपछि विद्यालय…
धनगढी /  बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका विभिन्न गाउँमा भाइरल ज्वरो र रुखाखोकी फैलिएको छ… विस्तृतमा
विद्यार्थीलाई प्रविधिमा प्रेरित गर्न चैतन्य स्टिम वर्कसप
धनगढी । विद्यार्थीलाई विज्ञान तथा प्रविधिबारे जानकारी दिन र त्यस क्षेत्रमा अभिप्रेरित गर्नका लागि… विस्तृतमा
वनविज्ञान पढ्ने विद्यार्थीलाई प्रयोगात्मक सामग्री अभाव
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-११ अमरपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको… विस्तृतमा
कृष्ण बैजनाथ बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम प्रदेशको आङ्गिक…
कञ्चनपुर । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित कृष्ण बैजनाथ… विस्तृतमा