खोज पत्रकारितबाट रचनात्मक सहयोग गर्न प्रजिअ अधिकारीको आग्रह

May 31, 7:11

बाजुरा१७ जेठ  -  प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द्र अधिकारीले जिल्लाको समग्र विकासका लागि खोज पत्रकारिताबाट रचनात्मक सहयोग गर्न आग्रह गरेका छन् । 
प्रमुख जिल्ला अधिकारीका रुपमा बाजुरा पुगेका अधिकारीले आज पत्रकार भेटघाट कार्यक्रममा जिल्ला प्रशासन कार्यालय बाजुराले गर्ने दैनिक कार्यको जनतामा माझ पु¥याउनका लागि सूचना आदान प्रदान आवश्यक रहेको बताएका छन् । 
जिल्लको विकास र जनतालाई सू–सूचित गराउन संचा माध्यमको  अहम् भूमिका रहेको प्रजिअ अधिकारी बताए ।  
आफु जिल्लामा रहँदा कानुनीले दिएको अधिकार भित्र रहेर जनताको सेवामा अनवरत रुपमा लाग्ने प्रतिवद्धता जनाएका छन् । 
 पत्रकार भेटघाट कार्यक्रममा प्रजिअ अधिकारीले संचारले लेखेका कुरा समाजले सिक्ने भएकाले सत्य तथ्य र आधिकारिक समाचार सम्प्रषेण संचारकर्मीलाई गर्न आग्रह गरेका हुन् । 
प्रशासनले गर्ने दैनिक कार्यमा सचेत गराउदै क्षमता विकासमा पनि ध्इान दिनुपर्ने उनले भने  । जिल्लाको प्रजिअ रहँदा सम्म सहकार्य र सद्भावका सात अघि बढ्ने प्रजिअ अधिकारी बताउँछन् । 
पत्रकारले प्रशासनले दिने सेवा सुविधा र समाचारका लागि सम्र्पक गर्दा भोगेका समस्याहरु प्रजिअलाई सुनाएका थिए । 
पत्रकार भेटघाट कार्यक्रममा प्रमुुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारी,सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रबहादुर विष्ट, शसस्त्र प्रहरी नायव उपरिक्षक गंगादत्त पन्त,प्रहरी नायव उपरिक्षक सूर्यबहादुर थापा,जिल्लास्थित विभिन्न संचार माध्यममा कार्यरत संचारकमीहरु सहभागी थिए । 

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा