विधालयमा अझै पुगेनन् पाठ्यपुस्तक

June 01, 11:35

शारदा फुलारा अत्तरिया / नयाँ शैक्षीक सत्र सुरु भएको तीन हप्ता पुग्नैलाग्दा पनी प्रदेश राजधानीकै विधालयमा समेत पाठ्यपुस्तक पुग्न सकेका छैनन् । कैलालीको गोदावरी नगरपालीकाका सरकारी विधालयमा समयमा पाठ्यपुस्तक नपुग्दा शिक्षक र विधार्थी समस्यामा परेका छन् । समैजी माध्यमिक विधालयकी प्रधानाध्यापक कुन्ती ओलीले शैक्षीक सत्र सुरु भएको तीन हप्ता पुग्नैलाग्दा पनी पाठ्यपुस्तक उपलब्ध नभएको बताईन् ।

उनले कक्षा १ देखी ३ सम्मको पाठ्पुस्तक पुगेको भएपनी अरु कक्षाको पाठ्यपुस्तक नपुगेको हुँदा पठनपाठनमा समस्या भईरहेको बताईन् । किताब पुग्न अझै कति समय लाग्ने हो प्रधानाध्यापक ओलीले भनीन् किताब नहुँदा शिक्षक र विधार्थी दुवै समस्यामा छन् । किताब कहिले पुग्छ भन्नने पनी टुगों नभएको उनले बताईन् ।

विद्यालय तहका कक्षा ४ देखि कक्षा १० सम्मको पाठ्यपुस्तक छपाइ एवं वितरणको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले सबै पुस्तक समयमै छपाइ तथा वितरण गर्न नसक्दा देशभर पाठ्यपुस्तक अभाव भएको हो । सरकारले कक्षा १ देखि ३ सम्मको पाठ्यपुस्तक छाप्ने जिम्मा निजी क्षेत्रलाई दिएपछि जनक शिक्षाले कक्षा ४ देखि १० सम्मको पाठ्यपुस्तक छाप्दै आएको छ ।

सरकारले हरेक वर्ष पाठ्यपुस्तक छपाईमा लापारवाहि गर्दै आएको छ गोदावरी २ अत्तरियामा रहेको दुर्गालक्ष्मी नमुना मा वि का प्रधानाधयापक शिवराज जोशीले भने “पढाई सुरु भएको तीन हप्ता पुग्नै लाग्दा सुगम क्षेत्र भनीएकै विधालयमा समेत अझै पाठ्यपुस्तक पुगेको छैन् ।” छोटो समयमै करोडौ मतपत्र छाप्नसक्ने सरकारले लाखौँ विधार्थीको भविष्य संग जोडीएको पाठ्यपुस्तक छाप्न आनाकानी गरोको उनको गुनासो छ । विगतमा पनि केन्द्रले समयमै पुस्तक छाप्न नसकेको भन्दै केही वर्षअघि नै सरकारले निजी क्षेत्रलाई पुस्तक छपाइको जिम्मा दिएको थियो ।

जनक शिक्षाले अझै ३३ लाख थान पाठ्यपुस्तक छाप्नै बाँकी रहेको बताएको छ । दुर्गा मा वी हाटखोलीका प्रधानाध्यापक कर्ण बहादुर साँउदले पनी पाठ्यपुस्तक नहुँदा समस्या भईरहेको बताए । कक्षामा शिक्षकले करिकुलम डाउनलोड गरेर काम चलाईरहेको भएपनी विधार्थी भने समस्यामा रहेको उनले बताए । गोदावरीकै गुहेशवरी मा वी का शिक्षक तथा विधार्थी पनी पाठ्यपुस्तक नहुँदा समस्यामा छन् ।

गुहेश्वरी मा वी का शिक्षक कविराज भट्टले समयमा पाठ्यपुस्तक नपुग्दा विधार्थीलाई अतिरित्त कुराहरु सिकाईरहेको बताए । कक्षा तीन सम्मको किताब पाईएको छ शिक्षक भट्टले भने “अन्य कक्षाको नेटमा करिकुलम हेरेर पढाईरहेका छौँ, कक्षा नौ को सिलेबस फेरीएको छ,ईन्टरनेटमा पनी राखीएको छैन । ” कक्षा नौ मा अध्यनरता पुजा विष्टले विधालय चालु भएपनी जाने आउने काम मात्रै भईरहेको बताईन् । किताब पुगेको छैन उनले भनीन् “निबन्ध,ग्रामर लगायतका अतिरित्त कुराहरु पढीरहेका छौँ । ”

सम्बन्धित वर्गका समाचारहरू

बाजुराको स्वामीकार्तिकमा भाइरल ज्वरोको प्रकोप बढेपछि विद्यालय…
धनगढी /  बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका विभिन्न गाउँमा भाइरल ज्वरो र रुखाखोकी फैलिएको छ… विस्तृतमा
विद्यार्थीलाई प्रविधिमा प्रेरित गर्न चैतन्य स्टिम वर्कसप
धनगढी । विद्यार्थीलाई विज्ञान तथा प्रविधिबारे जानकारी दिन र त्यस क्षेत्रमा अभिप्रेरित गर्नका लागि… विस्तृतमा
वनविज्ञान पढ्ने विद्यार्थीलाई प्रयोगात्मक सामग्री अभाव
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-११ अमरपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको… विस्तृतमा
कृष्ण बैजनाथ बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम प्रदेशको आङ्गिक…
कञ्चनपुर । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित कृष्ण बैजनाथ… विस्तृतमा