गठबन्धनमा छलफल : असारमै प्रतिनिधिसभाको सिट भागबन्डा !

June 02, 7:34

काठमाण्डाैँ १९ जेठ । सत्तारुढ पाँच दलका शीर्ष नेताहरु नेताहरु आम चुनाव आगामी कात्तिक–मंसिरमा गर्न सकारात्मक देखिएका छन् । चुनावी समीक्षाका लागि सोमबार बसेको शीर्ष नेताहरु कात्तिक–मंसिरमा चुनाव गर्ने पक्षमा देखिएपछि निर्वाचन परिचालन समितिमा सिट बाँडफाँटबारे समेत छलफल भएको छ ।

नेताहरुका अनुसार सोमबारको बैठकमा कृष्ण सिटौला, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरुले चार महिना अघि नै मिति घोषणा गर्नुपर्ने भन्दै कहिले चुनाव गर्ने भनेर प्रश्न गरेका थिए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०७४ सालमा चुनाव भएको मितिलाई आधार मानेर (मंसिर) मा गर्नुपर्ने बताए ।

कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा पनि सहमत देखिएपछि नेताहरुले हिमाली भेगमा हिउँ पर्ने भएकाले कात्तिक अन्त्यतिर गर्दा पनि हुने धारणा राखेका थिए । सत्तारुढ दलका एक नेता भन्छन्, ‘अहिलेसम्मको छलफल गर्दा मंसिरमा चुुनाव हुने देखिन्छ ।’ बैठकमा नेताहरुले आम निर्वाचनमा हुने तालमेल स्थानीय चुनावको जस्तो हुन नहुनेमा समेत जोड दिएका थिए ।                                                               

शीर्ष बैठकको भोलिपल्ट मंगलबार कांग्रेस नेता रामचन्द्र पौडेलले आफ्नो नेतृत्वको पाँचदलीय कार्यदलको बैठक राखेर असार दोस्रोभित्र सिट बाँडफाँट टुंग्याउने प्रस्ताव राखेका छन् । ‘असार दोस्रो साताभित्र कसले कहाँ लिने भन्ने टुंग्याउनुपर्छ भन्ने उहाँको कुरा थियो,’ कार्यदलका एक सदस्य भन्छन्, ‘दलहरुले आफ्नो दलमै चुनावी समीक्षा नगरेकाले थप कुराकानी भएन ।’

स्थानीय तह निर्वाचनमा सत्तारुढ दलहरुले देशभर चुनावी तालमेल गर्ने प्रयास गरेका थिए । महानगरपालिका र उपमहानगरपालिको सिट बाँडफाँट केन्द्रबाट भएको थियो भने नगर र गाउँपालिकाको तालमेल गर्ने जिम्मा प्रदेश र जिल्लालाई दिइएको थियो । तर कतिपय ठाउँमा तालमेल नै भएन भने तालमेल भएका ठाउँमा पनि कांग्रेसले धोका दिएका अरु दलको गुनासो छ ।

शीर्ष तहको बैठकमा पनि नेताहरुले स्थानीय चुनावमा गरेको तालमेलबाट शिक्षा लिएर आगामी चुनावमा गठबन्धनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए । पाँच दलीय कार्यदलको संयोजक समेत रहेका कांग्रेस नेता रामचन्द्र पौडेलले पनि चुनावी गठबन्धनबारे छलफल प्रारम्भ भएको स्वीकार गरे ।

NT-APP-AD

सम्बन्धित वर्गका समाचारहरू

अछाममा एमाले विवाद : ओली र रावल पक्षका छुट्टाछुट्टै…
अछाम - नेकपा एमालेले सुरु गरेको ‘मिसन ग्रासरुट’ कार्यक्रम अन्तर्गत अछाममा विवाद उत्पन्न भएको छ ।… विस्तृतमा
सुदूरपश्चिममा सरकारको नेतृत्व लिन काँग्रेसले थाल्यो…
धनगढी – सुदूरपश्चिममा सरकार गठनका लागि प्रदेश प्रमुखबाट २७ गतेको समय सीमा दिइएको छ । त्यसको कसरतमा… विस्तृतमा
कञ्चनपुरको भीमदत्तनगरमा आर्थिक अनियमितताको उजुरीपछि…
कञ्चनपुर। कञ्चनपुरको भीमदत्तनगरमा आर्थिक अनियमितताको उजुरीपछि कागजपत्र माग गरिएको छ। अख्तियार… विस्तृतमा
दार्चुलामा कार्यकर्ता कुटिएको भन्दै गठबन्धनद्धारा सडक…
दार्चुला - दार्चुलामा सत्तारुढ गठबन्धनमा आबद्ध दलका कार्यकर्ताले सडक अवरुद्ध गरेका छन्। आफ्ना… विस्तृतमा