जिसस बैतडीमा गठबन्धनका उम्मेदवारले मनोनयन दर्ता गरे, प्रमुखमा धामी र उपप्रमुखमा कुँवरको उम्मेदवारी

June 04, 12:48

बैतडी २१ जेठ –जिल्ला समन्वय समिति बैतडीको लागि गठबन्धनका तर्फबाट उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र स्वतन्त्रले बैतडीमा जिल्ला समन्वय समितिका लागि गठबन्धन गरेका छन् । उनीहरुले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारहरुको मनोनयन दर्ता गरेका हुन् । 

जिल्ला समन्वय समितिको प्रमुखका लागि गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका खगेन्द्रसिंह धामीको मनोनयन दर्ता भएको छ भने उपप्रमुखका लागि नेकपा माओवादी केन्द्रका दमन कुँवरको (आदर्श)को मनोनयन दर्ता भएको छ । 

यस्तै खुला सदस्यका लागि नेपाली कांग्रेसबाट करनसिंह कठायत र दानबहादुर बिष्टको मनोनयन दर्ता भएको छ भने नेकपा माओवादी केन्द्रबाट प्रेमसिंह भाटको मनोनयन दर्ता भएको छ । 

यस्तै तीन महिला सदस्यका लागि नेपाली कांग्रेसबाट यशोदा चन्द, नेकपा माओवादी केन्द्रबाट निर्मला भट्ट र स्वतन्त्रबाट हरना सार्कीको मनोनयन दर्ता भएको छ । 

यस्तै दलित सदस्यमा नेपाली कांग्रेसका हरु नेपालीको मनोनयन दर्ता भएको नेपाली कांग्रेस बैतडीका कार्यालय सचिव अनिलकुमार बिष्टले बताए । 

९ सदस्यीय जिल्ला समन्वय समितिका लागि गठबन्धनसंग १२ मतभार छ भने एमालेसंग ८ मतभार रहेको छ । नेपाली कांग्रेसका ९, माओवादी केन्द्रका २ र स्वतन्त्र १ गरेर गठबन्धनसंग १२ मतभार रहेको हो । बैतडीमा यही जेठ २४ गते जिल्ला समन्वय समितिको निर्वाचन हुँदैछ । 

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा