"बुढेसकाल"

फाईल तस्बिर
फाईल तस्बिर
June 04, 12:58

आँखाको  गति  शून्यझैँ  हुन  गयो,बाढी  पस्यो दाँतमा ।
जिब्रो स्वाद विहीन बन्दछ अझैँ,चिन्ता बढ्यो आँतमा ।।
खुट्टाको  भरछैन   हिड्न   नसकी,लौरो  सहारा  भयो ।
व्यर्थैमा  कति  तड्पिँदै  बहकिँदै,यो जिन्दगानी  गयो ।।
                                
निन्द्रा  छैन  परन्तु  सुत्नु  कसरी,स्वप्ना  हजारौँ  थिए ।
पानी प्यास र रोग भोक अब ता,कुण्ठा बनी अल्झिए ।।
छाती दुख्छ चसक्क कम्मर लुलो,गाँठा दुखेका क्षण ।
काँप्छन्  हात  सहास छैन तनमा,को गर्छ खै रक्षण ।।
       

लेखक : डिल बहादुर महरा"अविचल"
लेखक : डिल बहादुर महरा"अविचल"

                     
बोली  मत्थर  भो  सुके  रहरका,जो कल्पना आशमा ।
घाँटीले जल खोज्छ पाउँछ कहाँ,सङ्कष्ट भो श्वासमा ।।
खोकी लाग्छ सिँगान -याल मुखमा,धारा बनी झर्दछन् ।
हेप्छन्  नाति पनाति नित्य घरमा,छी छी खुबै गर्दछन् ।।
                            
थाहै  हुन्न  दिशा   पिसाब   रहझैँ,पीडा  बडो  बन्दछ ।
धोई  दिन्छु  पखाल्छु बेर्छु कपडा,कस्ले यहाँ भन्दछ ?
भन्छन्  बोझ  भयो  तनाव  भरियो,छोरा बुहारी पनि ।
बाँच्नै  पर्छ  सकिन्न  मर्न  सजिलै, हेलाँ सबैको बनी ।।
                         
पैले    ताकतिलो   उमेर  रहँदा,साह्रो  जवानी   हुँदा ।
हुन्थे साथ सबै भुलौँ र कसरी,आँखा भिजे सम्झिँदा ।।
यो  संसार  विचित्र बन्छ सबको,यस्तै न हो झुक्कल ।
आयो आज  बुढेसकाल अब ता,चिन्ता बढ्यो केवल ।।

सम्बन्धित वर्गका समाचारहरू

चलचित्र ‘काँडेतार’को च्यारिटी-सो
धनगढी । नेपाली कथानक चलचित्र काँडेतारको विशेष च्यारिटी सो धनगढीमा आज प्रदर्शन गरिएको छ ।  सीमा… विस्तृतमा
सहिद परिवारलाई सहयोगार्थ काँडेतारको ‘च्यारिटी सो’
धनगढी। सीमा रक्षाको क्रममा ज्यान गुमाउनु भएका कञ्चनपुरका सहिद गोविन्द गौतमको परिवारलाई सहयोगार्थ… विस्तृतमा
रानाथारु समुदाय थारुभित्रै हुनुपर्ने बहस
धनगढी । थारु आयोगले थारु जातिबाट अलग्गिएर छुट्टै जनजातिमा सूचीकृत भएको रानाथारु समुदाय थारुभित्रै… विस्तृतमा
कम्युनिष्ट पार्टी, संगठनात्मक प्रणाली र अनुशासन
कम्युनिष्ट -communist_को अर्थ “महत्वपुर्ण राजनीतिक शब्द ज्ञानमा” यस प्रकार परिभाषित गरिएको छ ।  “… विस्तृतमा