जिल्ला अस्पताल डोटीमा अक्सिजन प्लान्ट जडान,मन्त्री रैका द्ववारा उद्घघाटन

June 13, 5:55

सिलगढी– जिल्ला अस्पताल डोटीमा अक्सिजन प्लान्ट जडान गरिएको छ । दिनको १० वटा सिलिन्डर भर्न सक्ने क्षमता रहेको उक्त प्लान्टको सोमबार सुदूरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्री टेक बहादुर रैकाले उद्घघाटन गर्नु भएको हो ।
य सरकारले प्लान्ट स्थापनाका लागि ८० लाख बजेट विनियोजन गरेको भए पनि ३० लाखमा टेण्डर परेको थियो । प्लान्ट जडान भएसँगै अक्सिजन भर्न डडेल्धुरा, धनगढी, नेपालगन्ज धाउनुपर्ने बाध्यता हटेको छ । यस अघि सुदूरपश्चिम प्रदेशका ७ पहाडी जिल्लाहरुमध्य डडेल्धुरामा मात्रै अक्सिजन प्लान्ट जडान थियो । दोस्रो चरणको कोरोना महामारीका समयमा डोटी लगायत सुदूरपश्चिममा अक्सिजनको चरम अभाव देखिएको थियो ।

अक्सिजन प्लान्टको उद्घाटन गर्दै मन्त्री रैकाले स्वास्थ्य सेवामा जनताको सहज पहुँच पु¥याउन आफु लगायत प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनु भयो । स्वास्थ्य सेवा पनि गाँस बास, कपास जस्तै जनताको नैसर्गिक अधिकार हो,‘उहाँले भन्नु भयो,‘जनतालाई नैसर्गिक अधिकार दिलाउनु सरकारको दायित्व पनि हो । तसर्थ, हामी जनतालाई सहज, सस्तो र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न प्रतिवद्ध छौं ।’ मन्त्री रैकाले जिल्ला अस्पताललाई शव बाहान र एम्बुलेन्स पनि उपलब्ध गराइने र निकट भविश्यमै इण्डोस्कोपी सेवा पनि विस्तार गर्ने लक्ष रहेको उहाँले बताउनु भयो ।

प्लान्ट जडान भएसँगै जिल्ला अस्पताल र स्थानीय तहमा रहेका स्वास्थ्यसंस्थाहरुमा अक्सिजन अभावको समस्या समाधान हुने अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन श्रेष्ठले बताउनु भयो । प्लान्टबाट पाइपलाइन बिच्छ्याएर बेडमा अक्सिजन लैजान सकिने र छुट्टै सिलिन्डर भरेर पनि दिन सकिने उहाँले बताउनु भयो ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धन बहादुर नेपालीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण सिंह, उपप्रमुख स्मृति चुनार, शिखर नगरपालिकाका पूर्व मेयर सीताराम जोशी ,लगायत पत्रकारहरुको  सहभागिता रहेको थियो ।

AVN
nast clz

सम्बन्धित वर्गका समाचारहरू

‘होल्डिङ सेन्टर’ सञ्चालनका लागि चार विकल्प
महेन्द्रनगर । प्रयोगविहिन रहेका ‘होल्डिङ सेन्टर’ सञ्चालनका लागि स्थानीय प्रशासनले सरकार समक्ष चार… विस्तृतमा
अछामका स्वास्थ्यकर्मी आन्दोलित
अछाम ।  देशका विभिन्न स्थानमा स्वास्थ्यकर्मीमाथिको आक्रमणको विरोधमा अछाममा पनि विरोध गरिएको छ ।… विस्तृतमा
सुदूरपश्चिममा डेंगी संक्रमणबाट आठ महिनामा तीन जनाको मृत्यु, ८ सय…
धनगढी । बितेको आठ महिनामा सुदूरपश्चिममा आठ सय ७७ जनालाई डेंगीको सङ्क्रमण देखिएको छ । सुदूरपश्चिममा… विस्तृतमा
डोटी जिल्लाका उत्कृष्ट नौ स्वास्थ्यकर्मी सम्मानित
डाेटी,२७ भदाै । डोटी जिल्लाका नौ जना उत्कृष्ट काम गर्ने स्वास्थ्यकर्मीलाई सम्मान गरिएको छ ।… विस्तृतमा