यस्तो बन्यो शिवपुरी धाम वालउद्यानको गुरुयोजना 

वालउद्यान
वालउद्यान
July 10, 4:33

धनगढी, असार २५ - धनगढी उपमहानगरपालिका–४ मा रहेको शिवपुरी धाम वालउद्यानको गुरुयोजना तथा विस्तृत अध्ययन प्रतिवेदन तयार पारिएको छ । 
    शिवपुरी धाममालाई पर्यटन गन्तव्य बनाउनका लागि शिवपुरी धाम वालउद्यानको गुरुयोजना तथा विस्तृत अध्ययन प्रतिवेदन तयार पारिएको हो । बुधवार एक कार्यक्रमका बीच गुरुयोजना तथा डीपीआर सार्वजनिक गरिएको छ । 
    ड्रिम प्लानर ईन्जीनियरिङ्ग सर्भिसेज अत्तरिया कैलालीले गत जेठ महिना देखि स्थलगत अध्ययन÷अनुगमन गरी गुरुयोजना बनाएको थियो । धनगढी उप–महानगरपालिकामा पटक पटक छलफल र त्यसबाट आएका सुझावहरुलाई समेटेर अन्तिम प्रतिवेदन पेश गरेको उक्त कन्सल्टेन्सीका ईन्जीनियर लोकराज भट्टले बताए । गुरु योजनामा पाकिंङ्ग स्थल, स्वीमिङ पुल, चिल्ड्रेन पार्क लगायतका संरचनाहरु रहेका छन् । सबै संरचना बालमैत्री रहने धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले बताए । मन्दिर क्षेत्रको गुरु योजना यस अघि नै निर्माण भैसकेको नगरप्रमुख वडले बताए ।  संरचना निर्माणका लागि भ्याटबाहेक १३ करोड ४८ लाख चार ३५ हजार  बजेट आवश्यक हुने परामर्शदाता भट्टले बताए । यसको क्षेत्रफल १ सय ४७ रोपनी रहने छ । 

सम्बन्धित वर्गका समाचारहरू

कैलालीमा २७ औ वन्यजन्तु सप्ताह कार्यक्रम सम्पन्न
धनगढी ७ बैशाख   /  मानव बन्यजन्तु सह अस्तित्व ःहाम्रो दायित्व भन्ने मुल नाराका साथ सुरु भएको… विस्तृतमा
पूर्वाधार निर्माणले पर्यटकलाई सुविधा
कञ्चनपुर, २ वैसाख । पर्यटन प्रवद्र्धनका लागि भीमदत्त नगरपालिकाले भौतिक पूर्वाधार निर्माणमा जोड… विस्तृतमा
खप्तड र बडिमालिकामा सुरु भयो ‘हेली टुर’
धनगढी, १ फाल्गुन । सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय स्थल खप्तड र बडिमालिका घुम्न आज देखि ‘हेली… विस्तृतमा
खप्तड घुम्नका लागि ‘हेलिटुर प्याकेज’
डोटी  १८ माघ / खप्तड राष्ट्रिय निकुञ्ज र बडीमालिका धार्मिक स्थलको अवलोकन, दर्शन गर्नका लागि हेलिटुर… विस्तृतमा