कैलाली, कञ्चनपुर र डोटी आसपास भारी वर्षा : नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अपिल

कैलाली, कञ्चनपुर र डोटी आसपास भारी वर्षा : नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अपिल
कैलाली, कञ्चनपुर र डोटी आसपास भारी वर्षा : नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अपिल
July 19, 11:07

धनगढी : सुदूरपश्चिमका केही जिल्लामा पछिल्लो ३ घण्टा भारी वर्षा मापन गरिएको छ। जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार कैलाली, कञ्चनपुर र डोटी आसपास थप वर्षा हुने देखिएकोले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अपिल गरेको छ।

'पछिल्लो ३ घण्टा कैलाली, कञ्चनपुर, डोटी र आसपास धेरै स्थानमा भारी वर्षा मापन भएको र थप हुने देखिएको, उक्त जिल्ला भई बहने साना नदीहरूमा बहाव बढ्ने, केहीमा आकस्मिक बहावसमेत हुन सक्ने, साना नदी तटिय क्षेत्रमा उच्च सतर्कता अपनाऔ,' महाशाखाले सूचना जारी गर्दै भनेको छ।

 

हाल देशभर आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश १, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाको मौसम बुलेटिनमा उल्लेख छ।

सम्बन्धित वर्गका समाचारहरू

प्रथम विद्यालयस्तरीय कविता महोत्सव सम्पन्न
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
मुख्यमन्त्री शाहलाई दुई तिहाइ विश्वासको मत
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त… विस्तृतमा
एलपीएल : सत्यवती र गुराँस एकेडेमी विजयी
धनगढी – कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर… विस्तृतमा
एलपीएल : होली फेमिलीलाई ७ विकेटले पराजित गर्दै लिटल फ्लावरको…
धनगढी - लिटल फ्लावर बोर्डिङ हाइ स्कुलले कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२०… विस्तृतमा