धनगढीमा साहित्यिक पुनर्जागरण !

धनगढीमा साहित्यिक पुनर्जागरण !
धनगढीमा साहित्यिक पुनर्जागरण !
July 23, 10:00

श्रावण ७ धनगढी - कोरोना महामारीदेखि ठप्प प्राय रहेको धनगढीको साहित्यिक वृत्त पुनः जुरमुराएको छ । शनिवार धनगढीमा यश क्षेत्रका सक्रिय स्रष्टाहरूको भेलाले साहित्यिक गतिविधिहरूलाई अघि बढाउने निर्णय गरेको हो । सृजनशील मञ्च, सुदूरपश्चिमको संयोजनमा धनगढी स्थित ऐश्वर्य बहुमुखी क्याम्पसमा यस क्षेत्रका चार दर्जन बढी स्रष्टाहरू तथा विभिन्न क्षेत्रका प्रबुद्ध व्यक्तिहरूको सहभागितामा साहित्यिक पुनर्जागरण कार्यक्रम सञ्चालन भएको हो । कोरोना महामारीदेखि ठप्प प्राय रहेको धनगढीको साहित्यिक माहौल तथा यस क्षेत्रका स्रष्टाहरूको पुन:जागरणका लागि "स्रष्टा भेटघाट तथा रचना वाचन कार्यक्रम" आयोजना गरिएको थियो । कार्यक्रममा रचना वाचनका साथै आगामी कार्य योजना बारे छलफल भएको छ ।

कोरोना महामारी अघिसम्म धनगढीमा नियमित रूपमा टिकटमा साहित्यिक कार्यक्रम "धनगढी सृजना उत्सव" तथा "नियमित रचना वाचन शृङ्खला" सञ्चालन हुँदै आएकोमा कोरोना महामारीका कारण यी कार्यक्रमहरू स्थगित भएका थिए । अब ती कार्यक्रमहरू पुनः नियमित रूपमा अघि बढाइने सृजनशील मञ्चले जनाएको छ । त्यसबाहेक प्रशिक्षण, प्रकाशन, अन्तरक्रिया लगायतका कार्यक्रमहरू पनि अघि बढाइने संस्थाले जनाएको छ । लामो समय धनगढीमा खुला प्रकृतिका साहित्यिक कार्यक्रमहरू नभएको कारण सर्जकहरूले आफ्ना सृजना सार्वजनिक गर्ने अवसर नपाएकोमा अब सबै सर्जकहरूले उचित मञ्च पाउनेमा आशावादी तथा उत्साहित रहेको सहभागी स्रष्टाहरूले प्रतिक्रिया दिएका छन् ।यस क्षेत्रका स्रष्टाहरूको सबलीकरण तथा सृजनात्मक विकास आफ्नो मूल लक्ष रहेको कुरा संस्थाका अध्यक्ष जनक रसिकले बताएका छन् ।

कार्यक्रममा सामाजिक विकास मन्त्रालयका कानुन अधिकृत दान बहादुर सुनार, प्रदेश युवा परिषद्का कार्यकारी सदस्य शेर सिंह विष्ट, ऐश्वर्य बहुमुखी क्याम्पसका प्रमुख धर्मदेव भट्ट लगायतले स्रष्टाहरूको यो अभियानमा आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । कार्यक्रममा साहित्यकार हिरा भट्ट,गणेश नेपाली,श्रीजन श्री,तुलसी शर्मा,तारा पल्लवी,तोयनाथ भट्ट,लोक विक्रम मल्ल,रमेश ओझा सानु,रियल एनलाइसिस,सानु देवकोटा,सत्यराज जोशी,अमर खड्का, धर्मराज जोशी,रोहित भट्ट,तपेन्द्र घोडाशैनी,दान बहादुर सुनार,शेर सिंह विष्ट,तेज पुरुष,थकित नायक,अबि प्यारे,निर्दोष एन पि,चेतराज जोशी,इन्दु धामी,कुस्मा भट्ट,सिद्ध समर्पण,किरण विश्वकर्मा,गोविन्द अवस्थी,समीर ओझा,जगन्नाथ अवस्थी,विजयराज भट्ट,प्रेम विवश चन्द,भरत साउँद हरामी,जनक धामी,गिरिजा प्रसाद पनेरु,शैलेश रावत,चित्र राज ओझा,टेक राज कापडी,यज्ञराज कापडी,सन्ध्या जोशी लगायत दर्जनौँ सर्जकले आ आफ्ना रचना वाचन गरेका थिए।

कार्यक्रमको सहजीकरण सृजनशील मञ्च, सुदूरपश्चिमका सचिव डिल्लीराज ओझा समर्पणले गरेका थिए ।

सम्बन्धित वर्गका समाचारहरू

चलचित्र ‘काँडेतार’को च्यारिटी-सो
धनगढी । नेपाली कथानक चलचित्र काँडेतारको विशेष च्यारिटी सो धनगढीमा आज प्रदर्शन गरिएको छ ।  सीमा… विस्तृतमा
सहिद परिवारलाई सहयोगार्थ काँडेतारको ‘च्यारिटी सो’
धनगढी। सीमा रक्षाको क्रममा ज्यान गुमाउनु भएका कञ्चनपुरका सहिद गोविन्द गौतमको परिवारलाई सहयोगार्थ… विस्तृतमा
रानाथारु समुदाय थारुभित्रै हुनुपर्ने बहस
धनगढी । थारु आयोगले थारु जातिबाट अलग्गिएर छुट्टै जनजातिमा सूचीकृत भएको रानाथारु समुदाय थारुभित्रै… विस्तृतमा
कम्युनिष्ट पार्टी, संगठनात्मक प्रणाली र अनुशासन
कम्युनिष्ट -communist_को अर्थ “महत्वपुर्ण राजनीतिक शब्द ज्ञानमा” यस प्रकार परिभाषित गरिएको छ ।  “… विस्तृतमा