बाबुराम नेतृत्वको नेपाल समाजवादीद्वारा ९९ सदस्यीय सुदूरपश्चिम कमिटी चयन 

नेपाल समाजवादीद्वारा ९९ सदस्यीय सुदूरपश्चिम कमिटी चयन 
नेपाल समाजवादीद्वारा ९९ सदस्यीय सुदूरपश्चिम कमिटी चयन 
August 16, 7:49

धनगढी ३१ साउन – नेपाल समाजवादी पार्टी सुदूरपश्चिमको भेला सम्पन्न भएको छ । भेलाले ९९ सदस्यीय प्रदेश कमिटी चयन गरेको हो । जनता समाजवादी पार्टीबाट अलग भएपछि बाबुराम भट्टराई तथा महेन्द्र राय यादव नेतृत्वमा नेपाल समाजवादी पार्टी गठन भएको थियो ।

पार्टी पुनर्गठन प्रदेश भेलाले मीन राज बडूको अध्यक्षतामा ९९ सदस्यीय प्रदेश कमिटी गठन गरेको हो । पार्टीको प्रदेश उपाध्यक्षमा हरि प्रसाद तिमिल्सीना, विनोद चन्द, सिता नागरी, दिनेश विष्ट चयन भएका छन् । यस्तै मुख्य सचिवमा राजाराम चौधरी, सचिवमा डम्बर पाण्डे, गगन बिक, कोषाध्यक्षमा सुरेन्द्र यादव सहित ९९ सदस्यीय प्रदेश कमिटी चयन गरेको प्रदेश अध्यक्ष मीन राज बडूले जानकारी दिए । प्रदेश कमिटी गठन सँगै जिल्ला भेलालाई तीव्रता दिने बडूले बताए ।

हामी अब आफ्नो पार्टीलाई बिस्तार गर्ने, जिल्ला भेला गर्ने देखी लिएर आम जनताका मुद्दा बोकेर अगाडी बढ्ने छौँ बडूले भने “यहाँ प्रदेश सरकार कहाँ छ खोज्नुपर्ने बेला आएको छ, कतै भ्रष्टाचार भएको छ भने प्रदेशको बजेट हो भन्ने सुनिन्छ राम्रा काममा प्रदेशको उपस्थिति शून्य छ यस्तो प्रदेश सरकारका भ्रष्टाचारी कदमको हामी भण्डाफोर गर्ने छौँ गलत कामका तथ्य लिएर जनतालाई देखाउने छौँ ।” प्रदेश मात्रै नभएर स्थानीय तहमा पनि भ्रष्टाचार र बेथिति धेरै छ उनले भने “हामी सबै क्षेत्रमा पुग्ने छौँ र बेथिति अन्त्य गर्ने अभियानमा जनताहरूसँगै हुने छौँ ।”

भेला सम्पन्न भए पश्चात् पत्रकार सम्मेलनमा बोल्दै नेपाल समाजवादी पार्टीका कार्यकारिणी सदस्य तथा सुदूरपश्चिम इन्चार्ज डा।जनक राज शाहले पार्टी विधिसम्मत तरिकाले नचलेपछि पुनर्गठन गर्नुपरेको बताए । पार्टीमा सुशासन कायम नभएपछि नेपाल समाजवादी पार्टी पुनर्गठन गर्नुपरेको उनले बताए । देशभरिमा आफ्नो पार्टीको राम्रै उपस्थिति भएका कारण आउने चुनावमा राम्रो उपस्थिति हुने उनले बताए ।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा