दार्चुलामा कार्यकर्ता कुटिएको भन्दै गठबन्धनद्धारा सडक अवरुद्ध,नेताहरु बिचबाटोमा अलपत्र

दार्चुलामा कार्यकर्ता कुटिएको भन्दै गठबन्धनद्धारा सडक अवरुद्ध,नेताहरु बिचबाटोमा अलपत्र
दार्चुलामा कार्यकर्ता कुटिएको भन्दै गठबन्धनद्धारा सडक अवरुद्ध,नेताहरु बिचबाटोमा अलपत्र
November 14, 6:14

दार्चुला - दार्चुलामा सत्तारुढ गठबन्धनमा आबद्ध दलका कार्यकर्ताले सडक अवरुद्ध गरेका छन्। आफ्ना कार्यकर्तालाई नेकपा एमालेका कार्यकर्ताले कुटेको भन्दै दार्चुलामा सत्तारुढ गठबन्धनमा आबद्ध दलका कार्यकर्ताले सडक बन्द गरेका हुन्।

गठबन्धनका कार्यकर्ताले गोकुलेश्वर खार खलंगा सडकको धुलीगडा क्षेत्रमा सडक अवरुद्ध गरेका प्रहरीले जनाएको छ। नौगाड गाउँपालिका–६ खेडमा प्रचारप्रसारमा खटिएको गठबन्धन र नौगाडको जामिरमा आमसभामा गइरहेका एमाले कायर्कर्ता बीच आइतबार झडप भएको थियो । गठबन्धनका कार्यकर्ताले झडपमा संग्लन एमाले कार्यकर्तालाई पक्राउ गरे मात्रै सडक खुलाउने बताउँदै आएका छन् ।

जिल्लाभरीबाट सयौं कार्यकर्तालाई गठबन्धनले धुलीगडा खेडा क्षेत्रमा राखेर सडक बन्द गरेको नेकपा एमाले नौगाड गाउँपालिका अध्यक्ष जनकसिंह ठगुन्नाले बताए । उनका अनुसार सडक अवरुद्ध भएकाले नौगाडमा भएको चुनावी सभामा गएका एमाले कार्यकर्ता तथा स्थानीय बासिन्दा घर फर्कन भएका छैनन् । कार्यक्रममा लागि गएका कलाकारसहितका सहभागीहरु होपरीगाड जामिर क्षेत्रमै रोकिएका छन् ।

नेकपा माओवादी दार्चुलाका नेता खडकसिंह धामीले घरमै बसिरहेका सर्वसाधारण नागरिकलाई समेत एमाले कार्यकर्ताले घरमै गएर कुटेको र आफूहरुले त्यसको विरोध गरेको बताए । ‘यो झडप हैन्, हाम्रा मान्छेमाथि सयौंले एकै जनालाई कुटपिट गरेको उनले बताए । चुनावीसभामा जाने क्रममा वडा नम्बर ६ बाट जाने गाडी तथा सर्वसाधारण रोकेपछि झडपको अवस्था आएको नेकपा एमाले नौगाड गाउँपालिका अध्यक्ष जनकसिह ठगुन्नाले बताए। ‘कार्यक्रममा जाने मान्छे रोकिए, एमालेको झण्डा च्यातियो,’ उनले बुढाबुढीमाथि कुटपिट भएपछि झडप भएको बताए । प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले सुरक्षाबैठक राखेर सडक खुलाउने प्रयास भए पनि गठबन्धनले नमानेका कारण नसकिएको बताए । उनले रातभर प्रयास ग¥यौं तर समाधान हुन नसकेको बताए ।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा