धनगढीमा सर्वाधिक धनराशिको प्रादेशिक खुल्ला डेउडा प्रतियोगिता हुने

धनगढीमा सर्वाधिक धनराशिको प्रादेशिक खुल्ला देउडा प्रतियोगिता हुने
धनगढीमा सर्वाधिक धनराशिको प्रादेशिक खुल्ला देउडा प्रतियोगिता हुने
January 13, 4:47

धनगढी - कैलालीको धनगढीमा सर्वाधिक धनराशिको प्रादेशिक खुल्ला डेउडा प्रतियोगिता आयोजना गरिने भएको छ । देउडा प्रतिष्ठानको केन्द्रीय कार्यसमितिको आयोजनामा आगामी माघ २०, २१ र २२ गते धनगढी स्थित साहित्य समाजको प्राङ्गणमा प्रतियोगिता आयोजना गरिने शुक्रबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको छ । प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष सुरत रावत ‘डोटेली कान्छा’ ले आगामी माघमा प्रदेश स्तरकै सर्वाधिक धनराशिको देउडा प्रतियोगिता आयोजना गरिने बताउनु भयो । उनका अनुसार माघ २०, २१ र २२ गते प्रतियोगिता आयोजना गरिने छ । तीन दिनसम्म आयोजना हुने उक्त प्रतियोगिताका लागि पौष ३० गतेबाट समूह दर्ता खुला गरिने छ । 

No description available.

प्रतियोगितामा सबै जिल्लाबाट एक समूह अनिवार्य सहभागी गराइने र त्यस भन्दा बढी समूहको सहभागिता समेत हुनसक्ने आयोजकले जानकारी दिएको छ । देउडाको संरक्षण, संवर्द्धन, प्रवर्द्धन र राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा यसको प्रचार प्रसार गर्ने उद्देश्य राखेर प्रतियोगिता आयोजना गर्न लागिएको रावतले बताए । 

प्रतिष्ठानका अध्यक्ष दलबहादुर बोगटीका अनुसार प्रतियोगितामा प्रथम हुने समूहलाई ५० हजार नगदसहित प्रमाणपत्र, द्वितीयलाई ४०, तृतीयलाई ३० र सान्त्वना हुने समूहलाई २० हजार नगदसहित प्रमाणपत्र प्रदान गरिने छ । साथै प्रत्येक दिन प्रतियोगितामा सहभागी मध्य एक जना देउडियालाई नगद १ हजारसहित प्रमाणपत्र प्रदान गरिने प्रतिष्ठानका कोषाध्यक्ष प्रेम विवश चन्दले जानकारी दिए । 

No description available.
पत्रकार सम्मेलनमा अध्यक्ष दल बहादुर बोगटी, वरिष्ठ उपाध्यक्ष सुरत रावत ‘डोटेली कान्छा’, प्रथम उपाध्यक्ष भक्तराज जोशी, कोषाध्यक्ष प्रेम विवश चन्द, सचिव माया पाण्डे, सदस्यहरू मेघा भट्ट, गगन सिंह ऐर, डिल्ली राज जोशी, सरिता कठायतलगायतको उपस्थिति रहेको थियो । 

No description available.

No description available.

No description available.

 

सम्बन्धित वर्गका समाचारहरू

चलचित्र ‘काँडेतार’को च्यारिटी-सो
धनगढी । नेपाली कथानक चलचित्र काँडेतारको विशेष च्यारिटी सो धनगढीमा आज प्रदर्शन गरिएको छ ।  सीमा… विस्तृतमा
सहिद परिवारलाई सहयोगार्थ काँडेतारको ‘च्यारिटी सो’
धनगढी। सीमा रक्षाको क्रममा ज्यान गुमाउनु भएका कञ्चनपुरका सहिद गोविन्द गौतमको परिवारलाई सहयोगार्थ… विस्तृतमा
रानाथारु समुदाय थारुभित्रै हुनुपर्ने बहस
धनगढी । थारु आयोगले थारु जातिबाट अलग्गिएर छुट्टै जनजातिमा सूचीकृत भएको रानाथारु समुदाय थारुभित्रै… विस्तृतमा
कम्युनिष्ट पार्टी, संगठनात्मक प्रणाली र अनुशासन
कम्युनिष्ट -communist_को अर्थ “महत्वपुर्ण राजनीतिक शब्द ज्ञानमा” यस प्रकार परिभाषित गरिएको छ ।  “… विस्तृतमा