एलपीएल :सत्यवती एकेडेमी अत्तरिया र लिटल फ्लावर स्कुल धनगढी विजयी

एलपीएल :सत्यवती एकेडेमी अत्तरिया र लिटल फ्लावर स्कुल धनगढी विजयी
एलपीएल :सत्यवती एकेडेमी अत्तरिया र लिटल फ्लावर स्कुल धनगढी विजयी
February 07, 5:14

धनगढी - कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग ९एलपीएल० अन्तर्गत चौथो दिन सम्पन्न दुई वटा खेलमा सत्यवती एकेडेमी अत्तरिया र लिटल फ्लावर स्कुल धनगढी विजयी भएका छन् ।  

 

दिनको पहिलो खेलमा सत्यवती एकेडेमी अत्तरियाले सैनिक आवासीय महाविद्यालय अत्तरियालाई २ विकेटले पराजित गर्‍यो। सैनिक आवासीयले दिएको १४१ रनको लक्ष्य सत्यवतीले १९।३ ओभरमा ८ विकेट गुमाएर भेटायो।

 

सत्यवतीको जितमा ओपनर खगेन्द्र जोशीले अविजित ५७ रन योगदान दिए। प्लेयर अफ द म्याच घोषित जोशीले ४७ बलमा ५ चौका र १ छक्का प्रहार गरे। यस्तै इमरान शेखले २८, प्रतिक श्रेष्ठले २० रन बनाए। सैनिकका बलर रवीन्द्र कार्की र सागर चन्दले २र२ विकेट लिए।

 

यस अघि टस जितेर ब्याटिङ गरेको सैनिक आवासीयले निर्धारित २० ओभरमा ५ विकेट क्षतीमा १४० रन बनायो। उसको लागि विशाल ऐरले सर्वाधिक ६४ रन बनाए जुन क्रममा उनले ४१ बलमा ९ चौका प्रहार गरे। सन्दीप बिस्टले २९ तथा कप्तान अनुराग सिंहले २१ रन बनाए। सत्यवतीका बलर प्रतिक श्रेष्ठले २ तथा अभिषेक कोइराला र सोनु अन्सारीले १र१ विकेट लिए।

 

मंगलबारनै सम्पन्न दोस्रो खेलमा लिटल फ्लावर प्रिमियर लिगले गुराँस एकेडेमीलाई ८३ रनले पराजित गर्‍यो। लिटल फ्लावरले दिएको १५३ रनको लक्ष्य पछ्याउने क्रममा गुराँस एकेडेमीले ११।४ ओभरमा ६९ रन बनाउँदा सबै विकेट गुमायो। 

 

लिटल फ्लावरका बलर अनुराग सिंह एक्लैले ५ विकेट लिए जुन क्रममा उनले २।४ ओभरमा ११ रन खर्चिए। अनुराग प्लेयर अफ द म्याच घोषित भए। सुबोध तिवारीले २ तथा रोशन रावल र सार्थक बमले १र१ विकेट लिए।  गुराँस एकेडेमीका सचिन साउदले २६ तथा विशाल बिस्टले २२ रन बनाए। 

 

यस अघि टस जितेर ब्याटिङ गरेको लिटल फ्लावरले निर्धारित २० ओभरमा ५ विकेट क्षतीमा १५२ रन बनायो। 

 

लिटल फ्लावरको लागि नरेन भट्टले सर्वाधिक ६४ रन योगदान दिए जुन क्रममा ५१ बलमा ८ चौका प्रहार गरे। वसन्त सिंह कार्कीले ३१ तथा कप्तान विपिन रावलले २७ रनको योगदान दिए। तेस्रो विकेटको लागि नरेन र वसन्तले ८३ रनको साझेदारी गरे। गुराँस एकेडेमीका बलर रभी बिस्टले २ विकेट लिए। 

 

प्रतियोगिता अन्तर्गत पाँचौँ दिन बुधवार दुई खेल हुनेछन्। पहिलो खेलमा बिहान ९ बजे लोटस आई र शारदा विद्या निकेतन तथा दोस्रो खेलमा दिउँसो १ बजे नव बाल बाटिका र होली फेमिली स्कुल प्रतिस्पर्धा गर्नेछन्। 

 

लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेन्ट्सको आयोजनामा फागुन ६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा लिटल फ्लावरका बोर्डिङ हाई स्कुल धनगढी कैलाली, श्री होली फेमली इ। मिडियम स्कुल भीमदत्तनगर कञ्चनपुर, शारदा विद्या निकेतन धनगढी, सैनिक आवासीय महाविद्यालय तेघरी कैलाली, नव बाल वाटिका विद्यामन्दिर बौनियाँ कैलाली, भुवनेश्वरी विद्यामन्दिर गड्डाचौकी कञ्चनपुर, वेष्टन क्रिष्टल एकेडेमी धनगढी, गुराँस एकेडेमी अत्तरिया कैलाली, सत्यवती एकेडेमी अत्तरिया कैलाली र लोटस आइ इ। सेकेन्डरी स्कुल अत्तरिया सहभागी छन् ।

 

 

फागुन ६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेतालाई २ लाख ५१ हजार १ सय ११ र उपविजेतालाई १ लाख २५ हजार ५ सय २५ नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले १०÷१० हजार नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । त्यस्तै उदीयमान खेलाडीलाई नगद ५ हजार प्रदान गरिने आयोजकले जनाएको छ । प्रत्येक विद्यालयले आफ्नो टिममा ४ जना १९ वर्षमुनिका खेलाडी समावेश गर्न पाउनेछन् ।

विद्यालयमा लुकेर रहेका क्रिकेट खेलाडीहरूलाई बढीभन्दा बढी खेल एक्सपोजर दिन तथा उमेर समूहको क्रिकेटलाई विकास गर्ने उद्देश्यसहित प्रतियोगिता सञ्चालन गर्न लागेको आयोजकको भनाई छ । 

प्रतियोगिता धनगढी उपमहानगरपालिका धनगढी संरक्षक, लिटल फ्लावरका बोर्डिङ हाई स्कुल धनगढी प्रायोजक, वर्ल्ड भिजन इन्टरनेसनल नेपाल ९नेपाली जुटौँ, बाल विवाह रोकौँ० अवेरनेस पार्टनर, आइएमइ पे प्लेयर अफ द म्याच प्रायोजक रहेको छ । त्यस्तै डिजिटल लर्निंग पार्टनरमा निमा एकेडेमी, हायर एजुकेसन पार्टनर टाइम्स इन्टरनेशनल कलेज डिल्लीबजार काठमाडौँ, कम्युनिकेसन पार्टनर नेपाल टेलिकम, सह प्रायोजक हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेज काठमाडौँ, रनर अप प्रायोजकमा गुरुकुल एकेडेमी उत्तरबेहडी धनगढी रहेको छ । 

त्यस्तै अफिसियल गेट प्रायोजकमा धनगढी वाल पेपर सप्लायर्स एण्ड होम डेकोर, पब्लीकेशन पार्टनर ओशन पब्लीकेशन प्रालि, हस्पिटालीटि पार्टनर इमेज होटेल प्रा।ली धनगढी, सर्टिङ एण्ड सुटिङ पार्टनर गुरुजी सर्टिङ एण्ड सुटिङ धनगढी, प्लेयर अफ दी टुर्नामेण्ट प्रायोजक मालिकार्जुन हार्डवेयर प्रा।लि। अत्तरिया रहेको छ । 

त्यस्तै सहप्रायोजकहरुमा निष्ट फाउन्डेसन काठमाडौँ, के। आई। सिंह गाउँपालिका डोटी, हस्पिटल पार्टनर निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर धनगढी, स्किन केयर पार्टनर धनगढी स्किन केयर एण्ड एस्थेस्टिक सेन्टर धनगढी, सहप्रायोजकहरुमा  चैतन्य पाठशाला धनगढी, जय मंगलम् सिमेन्ट प्राली  युवा समाजसेवी विनोद शाही हाल अमेरिका, दाहाल पुस्तक पसल धनगढी, होटेल जियान हस्पिटालिटी धनगढी, उच्चाकोटी आर।एम।सी धनगढी , डिस्कभरि बोर्डिङ स्कुल धनगढी,सानभी बुक्स एण्ड स्टेशनरी धनगढी रहेका छन् । 

वेस्ट बलर प्रायोजक वरिष्ठ युवा  समाजसेवी जयन्ती थापा हाल अमेरिका एजुकेसन  कन्सल्टेन्सी पार्टनर एस। आ। जी।नेपाल काठमाडौँ, वेस्ट ब्याट्सम्यान प्रायोजक विद्या भूषण पब्लिक स्कुल मोहनपुर कैलाली ,सह प्रायोजक नवजीवन हस्पिटल धनगढी, समाज सेवी अर्जुनराज जोशी ९हाल कोरिया०, कामिक्षा देवी डेरी धनगढी र  विशेष अटो मोटिभ्स९हिरो० धनगढी कैलाली रहेका छन् ।

 

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा