एलपीएल ः लिटल फ्लावरको लगातार तेस्रो जित, भुवनेश्वरीको सहज जित 

एलपीएल ः लिटल फ्लावरको लगातार तेस्रो जित, भुवनेश्वरीको सहज जित 
एलपीएल ः लिटल फ्लावरको लगातार तेस्रो जित, भुवनेश्वरीको सहज जित 
February 09, 5:03

धनगढी - कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग ९एलपीएल० अन्तर्गत छैटौँ दिन सम्पन्न दुई खेलमा कञ्चनपुरको भुवनेश्वरी विद्या मन्दिर र धनगढीको लिटल फ्लावर स्कुल विजयी भएका छन्। दिनको पहिलो खेलमा भुवनेश्वरी विद्या मन्दिरले सैनिक आवासीय महाविद्यालयलाई १० विकेटले पराजित गर्‍यो। प्रतियोगितामा भुवनेश्वरीको यो दोस्रो जित हो। 

सैनिकले दिएको ३४ रनको सामान्य लक्ष्य भुवनेश्वरीले ३।५ ओभरमा विकेट नगुमाई भेटायो। लोकेश जोशीले अविजित २० तथा विशेष नाथले अविजित ६ रन बनाउँदै सहज जित दिलाए।

यस अघि टस जितेर ब्याटिङ गरेको सैनिकले १२।४ ओभरमा ३३ रनमा सबै विकेट गुमायो। विशाल ऐरले १८ रन बनाउनु बाहेक उसका अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनान सकेनन्।

भुवनेश्वरीका बलर खगेन्द्र ठगुन्ना एक्लैले ५ विकेट लिए जुन क्रममा ३।४ ओभरमा २ मेडन ओभर गर्दै ६ रन खर्चिए। उनी प्लेयर अफ द म्याच घोषित भए। यस्तै भारत चन्दले ४ विकेट लिए जुन क्रममा ३ ओभरमा १ मेडन ओभर गर्दै ७ रन खर्चिए। कैलाश ऐरले १ विकेट लिए।

दिनको दोस्रो खेलमा लिटल फ्लावर स्कुल धनगढीले वेस्टर्न क्रिस्टल एकेडेमी धनगढीलाई ९ विकेटले पराजित गर्‍यो। प्रतियोगितामा लिटल फ्लावरको यो लगातार तेस्रो जित हो। 

वेस्टर्न क्रिस्टलले दिएको १२८ रनको लक्ष्य लिटल फ्लावरले १२।४ ओभरमा १ विकेट क्षतीमा भेटायो। 

लिटल फ्लावरका ओपनर सुबोध ऐर र विपिन रावलले ९ ओभरमा ९४ रनको साझेदारी गर्दै जितको आधार तयार गरे। सुबोधले मात्र २८ बलमा ८ चौका र २ छक्का मद्दतले ५१ रन बनाए। विपिनले अविजित ५७ रन बनाए जुन क्रममा ३५ बलमा ९ चौका र १ छक्का प्रहार गरे। नरेन भट्टले अविजित १५ रन बनाए। 

यस अघि टस जितेर ब्याटिङ गरेको वेस्टर्न क्रिस्टलले २० ओभरमा ७ विकेट क्षतीमा १२७ रन बनायो। उसको लागि ओपनर डबल ऐरले सर्वाधिक ४६ रन तथा नीरज ऐरले अविजित २० रन बनाए। 

लिटल फ्लावरका बलर सचिन भट्टले ३ विकेट लिए जुन क्रममा ४ ओभरमा २० रन खर्चिए। सुबोध ऐरले २ तथा रोशन रावल र आशिष् सानुले १र१ विकेट लिए। 

खेलको प्लेयर अफ द म्याच विपिन रावल घोषित भए। 

प्रतियोगिता अन्तर्गत शुक्रबार दुई खेल हुनेछन् जस अन्तर्गत बिहान ९ बजे सत्यवती एकेडेमी र शारदा विद्या निकेतन तथा दोस्रो खेलमा होली फेमिली र गुराँस एकेडेमी प्रतिस्पर्धा गर्नेछन्। 

लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेन्ट्सको आयोजनामा फागुन ६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा लिटल फ्लावरका बोर्डिङ हाई स्कुल धनगढी कैलाली, श्री होली फेमली इ। मिडियम स्कुल भीमदत्तनगर कञ्चनपुर, शारदा विद्या निकेतन धनगढी, सैनिक आवासीय महाविद्यालय तेघरी कैलाली, नव बाल वाटिका विद्यामन्दिर बौनियाँ कैलाली, भुवनेश्वरी विद्यामन्दिर गड्डाचौकी कञ्चनपुर, वेष्टन क्रिष्टल एकेडेमी धनगढी, गुराँस एकेडेमी अत्तरिया कैलाली, सत्यवती एकेडेमी अत्तरिया कैलाली र लोटस आइ इ। सेकेन्डरी स्कुल अत्तरिया सहभागी छन् ।

फागुन ६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेतालाई २ लाख ५१ हजार १ सय ११ र उपविजेतालाई १ लाख २५ हजार ५ सय २५ नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले १०÷१० हजार नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । त्यस्तै उदीयमान खेलाडीलाई नगद ५ हजार प्रदान गरिने आयोजकले जनाएको छ । प्रत्येक विद्यालयले आफ्नो टिममा ४ जना १९ वर्षमुनिका खेलाडी समावेश गर्न पाउनेछन् ।

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा…
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा