कञ्चनपुर जिल्ला छनौट यु–१६ क्रिकेट प्रतियोगिताको उपाधि नागार्जुन स्कुललाई 

March 19, 10:19

कञ्चनपुर – कञ्चनपुर जिल्ला स्तरीय यु–१६ छनौट क्रिकेट प्रतियोगिताको उपाधि नागार्जुन इङ्लिस बोर्डिङ स्कुलले जितेको छ । फाइनल खेलमा नागार्जुनले ब्रह्मदेव चिल्द्रेन स्कुल ब्रह्मदेवलाई  ४६ रन ले पराजित गरी उपाधि हात पारेको हो । उपाधिसँगै नागार्जुन स्कुलले नगद २५ हजारसहित ट्रफि प्राप्त गर्‍यो । उपविजेता ब्रह्मदेव चिल्द्रेन स्कुलले १५ हजारमा चित्त बुझायो ।  

कञ्चनपुर जिल्ला क्रीकेट सङ्घको आयोजनामा आइतबारदेखि महेन्द्रनगरमा सुरु भएको  यु—१६ पुरुष जिल्ला स्तरीय क्रिकेट छनौट प्रतियोगिताको उपाधि  श्री नागार्जुन इङ्ग्लिस बोर्डिङ स्कुल तिलाचौरले आफ्नो नाममा गरेको हो । 

टस जितेर  ब्याटिङ गरेको नागार्जुनले निर्धारित २५ ओभरमा ९ विकेटको गुमाएर १ सय ५७ रन को योगफल तयार पारेको थियो । जवाफी ब्याटिङमा उत्रेको ब्रह्मदेवले १ सय ११ रन मात्र बनाउन सक्यो । 

खेलको प्लेयर अफ दी म्याच नागार्जुनका दीपक विष्ट  भए । प्रतियोगितामा जिल्लाका ८ वटा विद्यालयले सहभागिता जनाएका थिए।

AVN
nast clz

सम्बन्धित वर्गका समाचारहरू

मैत्रीपूर्ण क्रिकेट प्रतियोगिताको उपाधी सूजङ्ग स्कूलाई…
डोटी । खप्तड रंगशाला राजपुरमा आयोजित मैत्रीपूर्ण क्रिकेट प्रतियोगिताको उपाधी सूजङ्ग स्कूलले लिएको छ… विस्तृतमा
टी-२० आईमा नेपालले एकै खेलमा बनायो ७ रेकर्ड
काठमाडौं । १९औं एसियाली खेलकुदमा नेपालले नवप्रवेशी मंगोलियामाथि जित हात पार्दा कीर्तिमान नै… विस्तृतमा
यू-१९ विश्वकपमा नेपाल, न्युजिल्याण्ड, अफगानस्तान र पाकिस्तानको…
काठमडौं । आईसीसी यू–१९ विश्वकप क्रिकेटमा नेपाल, न्युजिल्याण्ड, अफगानिस्तान र पाकिस्तानसहितको समूह… विस्तृतमा
मालदिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा
मालदिभ्समाथि सानदार जित निकाल्दै घरेलु टोली नेपाल साफ यू १९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश… विस्तृतमा