kagendra

एक लाख २५ हजार राशीको हिमाल डेन्टल अस्पताल 'देउडा रत्न' महेश औजीलाई

August 23, 11:58

काठमाडौं,०६ भदौ ।  हिमाल डेन्टल अस्पतालले प्रदान गर्ने 'देउडा रत्न'बाट यस वर्ष गायक महेश औजी पुरस्कृत भएका छन्। देउडा गीत लेखक समेत रहेका अस्पतालका प्रबन्धन निर्देशक डा राजेन्द्र भट्टले हरेक वर्ष देउडामा योगदान गर्ने एकजनालाई उक्त सम्म १ लाख २५ हजार १५१ रुपैयाँको उक्त सम्मान दिँदै आएका छन्। 

काठमाडौं आयोजित एक कार्यक्रममा औजीलाई उक्त सम्मान दिइएको हो। अस्पतालका निर्देशक भट्टले भने,  'हामीले जहाँ रहेपनि, काम जुनसुकै गरेपनि आफ्नो कला र संस्कृति भुल्न सक्दैनौं। कला र संस्कृतिसँग आफूलाई जोड्न र देउडा संगीतमा काम गरिरहेकाहरुलाई हौस्याउन हामीले यो सम्मानको थालनी गरेका हौं।'

सुदूरपश्चिमको कलासंस्कृतिसँग जोडिएका विभिन्न कार्यक्रमलाई समेत उक्त अस्पतालले सहयोग गर्दै आएको छ। सम्मानित औजी २५ वर्षदेखि देउडा संगीतमा सक्रिय छन्। गायक बुवा मोहनराम औजीको प्रेरणाले संगीतमा लागेका ओजीको पहिलो गीत  २०५५ सालमा 'प्रदेशीको सम्झनाु'बजारमा भउको थियो। उक्त एल्बम उनले बुवा मोहनरामसँगै सहकार्य गरेका छन्। जहाँ तीनटा गीत महेश र तीनटा गीत उनके पिता मोहनरामका छन्। 

उनको स्वरमा पाँच सय भन्दा बढी देउडा गीत रेकर्ड भएका छन्। धेरै गीतमा उनी आफ्नै शब्दरसंगीत छ। लोक र आधुनिक गीतमा समेत स्वर भरेका उनले आफ्नो पहिचान भने देउडामै खोजेका हुन्।  'साथ  टुट्यो पिरति छुट्यो, कलेजी कटाउन्याँ, अनिता यै बिराना देश, सुदूरपश्चिम स्वर्ग सरी, घुम बादल अपिका रोल,  घुम्टो ओडी लाज मान्याँकी, निउँतो दिएइ'जस्ता गीत चर्चित छन्। 

चाबहिलमा रहेको हिमाल डेन्टल अस्पतालले विगत २४ वर्षदेखि दन्तचिकित्सा सेवा दिइरहेको छ। काठमाडौंको चाबहिलबाट सेवा सुरु लगरेको अस्पतालले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका १५ स्थानबाट सेवा दिइरहेको छ। विश्वका विभिन्न देशबाट समेत अस्पतालमा दाँत सम्बन्धी सेवा लिनेहरु बढिरहेका डा भट्ट बताउँछन्।  हिमालले उपचार सेवाका साथै हिमाल इन्स्टिच्युट अफ डेन्टल साइन्सेजबाट विभिन्न विषयमा अध्यनरअध्यापन गराएर दूरदराजमा दाँत सम्बन्धी उपचार सेवाका लागि जनशक्ति समेत उत्पादन गरिरहेको छ।

हिमाल अस्पतालले आफूलाई सामाजिक सेवाका लागि सदा अग्रभागमा उभ्याउने प्रयत्न गरिरहेको हुन्छ। स्कुल हेल्थ कार्यक्रम, सामुदायिक दन्त सेवा र शिक्षा, निशुल्क दन्त शिविर, वृध्दाश्रममा दाँतको निशुल्क उपचार, अनाथ आश्रममा उपचार सेवा दिइरहेको छ।

suvkamna
suvkamna
suvkamna
Add
Add
Add
Dipayal silgadhi nagrpalika
Sain nepal
Sain nepal

सम्बन्धित वर्गका समाचारहरू

कम्युनिष्ट पार्टी, संगठनात्मक प्रणाली र अनुशासन
कम्युनिष्ट -communist_को अर्थ “महत्वपुर्ण राजनीतिक शब्द ज्ञानमा” यस प्रकार परिभाषित गरिएको छ ।  “… विस्तृतमा
दसैं गीतः ‘लाहुरे म त सोल्टिनी’ सार्वजनिक (भिडियो…
काठमाडौं । दसैं विशेष गीत ‘लाहुरे म त सोल्टिनी’ युट्युवमा सार्वजनिक भएको छ। गीतमा नेपाली… विस्तृतमा
शीर्षक फेर्ने सहमतिमा टुङ्गियो ‘एक भगवत् गीता’ विवाद…
काठमाडौँ । शीर्षक परिवर्तन गर्ने सहमतिसँगै ‘एक भगवत् गीता’लाई लिएर भइरहेको विवाद टुंगिएको छ ।… विस्तृतमा
धनगढीमा असोज २७ गतेदेखि दशैँ मेला हुने
धनगढी,०५ भदौ ।  धनगढीमा  दशैँ मेला हुने भएको छ।  हिन्दुहरुको महान पर्व दशैँलाई लक्षित गर्दै… विस्तृतमा