एसटिएस सिनेमा हलको उद्घाटन

STS
STS
July 20, 7:19

धनगढी, साउन ४ - धनगढीमा एक कार्यक्रमका बिच शनिवार एसटिएस सिनेमा हलको उद्घाटन गरिएको छ ।
धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले सिनेमाहलको उद्घाटन गरेका   हुन । कुनैपनि ब्यक्तिका लागि काम अराम संगै मनोरञ्जन पनि आवश्यक हुन्छ नगरप्रमुख वडले भने,एसटिएस सिनेमा हल त्यसका लागि पुरक हुने छ । एसटिएसले धनगढीमा अत्याधुनीक सिनेमाहल संचालनमा ल्याएर यहाँको विकासमा ईटा थपेको छ नगरप्रमुख वडले भने, धनगढीमा सबै किसिमका उद्योगहरु संचालन हुनुपर्छ भन्ने मान्यता हाम्रो हो ।
धनगढी उप–महानगरपालिकामा आउने आन्तरिक तथा बाह्य पर्यटक भित्राउने काममा यस सिनेमा हलले सहयोग पुग्ने छ नगरप्रमुख वडले भने,धनगढीमा नयाँ किसिमको ब्यावसाय गर्न चाहनेका लागि धनगढी सम्भाब्य ठाउँपनि हो । धनगढीमा कसैले राम्रो गरेमा खुट्टा तान्ने प्रबृती भएको बताउदै यस्ता ब्यक्तिलाई निरुत्साहित गरिनुपर्छ ।

STS


एसटिएसले यस अघि एसटिएस केवल, एसटिएस टेलिभिजन संचालन गर्दै आएको थियो । शनिवार देखि वडा नं २ सन्तोषी टोलमा सिनेमा हल समेत संचालनमा ल्याएको हो । सिनेमा हलका संचालक राजकुमार श्रेष्ठले यो हल सुदूरपश्चिम प्रदेशकै अत्याधुनीक भएको दावी गरेका छन् ।
फोटो क्याप्सन ः एसटिएस सिनेमा हलको उद्घाटन गर्दै नगरप्रमुख ।

 

सम्बन्धित वर्गका समाचारहरू

धनगढीको शिवनगरमा संचालनमा आयो पिके हेअर सैलुन एण्ड…
धनगढी । धनगढीको शिवनगरमा पिके हेअर सैलुन एण्ड जेन्स पार्ल  संचालनमा आएको छ ।  धनगढी उपमहानगरपालिका… विस्तृतमा
शिव शिखर सहकारीको कारोबार यकिन गर्न सकस
काठमाडौं । ३६ जिल्लामा शाखा रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको हालसम्म ११ शाखामात्र सिल… विस्तृतमा
सुनकाे भाउ अहिलेसम्मकै महँगाे, तोलाकाे १ लाख १७ हजार…
काठमाण्डाै / सुनको भाउ अहिलेसम्मकै महँगाे भएको छ । आज नेपाली बजारमा सुन अहिलेसम्मकै महँगो प्रतितोला… विस्तृतमा
सीमा क्षेत्रमा भारुको कारोबार नहुँदा व्यापार व्यवसायमा असर
धनगढी । सीमा क्षेत्रका सहरमा रु एक सयभन्दा बढी दरका भारतीय मुद्राको कारोबार नहुँदा व्यापारिक… विस्तृतमा