kagendra

कैलालीमा धान खरिद सुरु

November 11, 12:41

धनगढी  । कैलालीमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड धनगढीले किसानको धान खरिद कार्य सुरु गरेको छ । कम्पनीले जिल्लाको तीन ठाउँमा काँटा लगाएर किसानको धान खरिद गर्न थालेको हो । धनगढीको मोहनपुर, टीकापुर नगरपालिकाको टीकापुर र भजनी नगरपालिकाको भजनीबाट कम्पनीले किसानको धान खरिद गरिरहेको प्रमुख इन्जिला बस्नेतले बताउनुभयो । उहाँले भन्नुभयो, “कात्तिक १९ गतेबाटै किसानको धान खरिद गर्ने कार्य सुरु भएको हो । यो वर्ष हामीले गत वर्ष तुलनामा एक महिनाअघिबाटै धान खरिद गरिरहेका छौँ ।”

कम्पनीले गत वर्ष मङ्सिर १८ गतेबाट धान खरिदको कार्य थालेको थियो । किसानले गुजाराका लागि व्यापारीलाई व्यापारीकै मूल्यमा धान बिक्री गरेर सकेपछि बल्ल सरकारले धान खरिदको कार्य सुरु गर्ने गरेको गुनासो हरेक वर्ष सुनिँदै आएको छ । किसानको गुनासोलाई सम्बोधन गर्नका लागि कम्पनीले यो वर्ष विगतको तुलनामा महिना दिनअघिबाट धान खरिद गर्न थालेको हो । यस वर्ष कम्पनीले मोटा धान प्रतिक्विन्टल तीन हजार १९८ रुपियाँमा खरिद गरिरहेको छ । सुदूरपश्चिमका लागि यस वर्ष धान खरिदको कोटा ६० हजार क्विन्टल रहेको बस्नेतले बताउनुभयो । “चाँडै नै खरिदको कार्य सुरु भएकाले हामीले कोटा अनुसार धान खरिद गर्न सक्छौँ,” उहाँले भन्नुभयो । 

गत वर्ष ४० हजार क्विन्टल धान खरिद कोटा रहेकोमा कम्पनीले ३० हजार क्विन्टल मात्रै खरिद गरेको थियो । गोदाम खाली नरहेका अनुसार कोटानुसार धान खरिद नगरेको प्रमुख बस्नेतले बताउनुभयो । कम्पनीले सिजनमा धान खरिद गरेर आवश्यक परेको बेला सुदूरपश्चिम प्रदेशसहित कर्णाली प्रदेशमासमेत खाद्यान्न आपूर्ति गर्दै आएको छ । भजनीमा कात्तिक २२ गतेबाट कम्पनीले धान खरिद गरिरहेको भजनी नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर ३ का वडाध्यक्ष विक्रम चौधरीले बताउनुभयो । उहाँका अनुसार सुदूरपश्चिम प्रदेशका पूर्वप्रदेश प्रमुख स्वर्गीय मोहनराज मल्लको राइस मिलमा धान खरिद केन्द्र सञ्चालन गरेर धान खरिदबिक्रीको कार्य भइरहेको छ ।   

suvkamna
suvkamna
suvkamna
Add
Add
Add
Dipayal silgadhi nagrpalika
Sain nepal
Sain nepal

सम्बन्धित वर्गका समाचारहरू

चाँदनी दोधारामा आइसिपी निर्माण गर्न डिपिआर तयार
 पाँच अर्ब ७५ करोड रुपियाँ लागतमा भारतको सहयोगमा कञ्चनपुरको चाँदनी दोधारामा एकीकृत भन्सार जाँच चौकी… विस्तृतमा
घाटमा सिसिटिभी क्यामेरा जडान
महेन्द्रनगर । भीमदत्त नगरपालिकाले महाकाली नदी तथा स्थानीय खोलाबाट नदीजन्य पदार्थ उत्खनन कार्य… विस्तृतमा
हिलाम्मे–धुलाम्मे सडक सफा गर्न करोडौँ खर्च
बैतडी । बैतडी जिल्लाका स्थानीय तहले ग्रामीण सडक सफा गर्न वार्षिक करोडौँ रुपियाँ खर्च गर्दै आइरहेका… विस्तृतमा
सेती प्रादेशिक अस्पतालमा सिकलसेलको जाँच निःशुल्क
धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालले सिकलसेल… विस्तृतमा