हावाहुरी पीडितलाई ग्लोवल आईएमई बैंकको एक लाख सहयोग 

GIB
GIB
August 05, 1:56

धनगढी, साउन २० - जेठ २३ गते आएको हावाहुरी पिडितहरुलाई राहत वितरणका लागि ग्लोवल आईएमई बैंकले सोमबार सहयोग गरेको छ ।
ग्लोवल आईएमई बैंकका प्रदेश कार्यालय प्रमुख महेन्द्र अधिकारीले धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वड र प्रमुख प्रशासकिय अधिकृत नारायण प्रशाद सापकोटालाई हावाहुरी पिडितका लागि भन्दै १ लाखको चेक हस्तान्तरण गरेका हुन । धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले हावाहुरीको घाउमा मलम लगाउनका लागि सहयोग गर्ने ग्लोवल आईएमई बैंक प्रति आभारी भएको बताए । उनले भने, सबै सहयोगि हातहरुलाई धन्यवाद दिन चाहन्छु । प्राप्त रकम बिपदमा परेकाहरुलाई उपलब्ध गरिने बताए ।
ग्लोवल आईएमई बैंकका प्रदेश कार्यालय प्रमुख महेन्द्र अधिकारीले बिपदमा परेकाहरुलाई सहयोग गर्नु सबैको दायत्वि भएको बताए  । मानवीयता र सामाजिक उत्तरदायीत्वका क्षेत्रमा ग्लोवल आईएमई बैंक बैंकले सधै सहयोग गर्ने बताए ।
 

सम्बन्धित वर्गका समाचारहरू

धनगढीको शिवनगरमा संचालनमा आयो पिके हेअर सैलुन एण्ड जेन्स पार्ल…
धनगढी । धनगढीको शिवनगरमा पिके हेअर सैलुन एण्ड जेन्स पार्ल  संचालनमा आएको छ ।  धनगढी उपमहानगरपालिका… विस्तृतमा
शिव शिखर सहकारीको कारोबार यकिन गर्न सकस
काठमाडौं । ३६ जिल्लामा शाखा रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको हालसम्म ११ शाखामात्र सिल… विस्तृतमा
सुनकाे भाउ अहिलेसम्मकै महँगाे, तोलाकाे १ लाख १७ हजार रुपैयाँ
काठमाण्डाै / सुनको भाउ अहिलेसम्मकै महँगाे भएको छ । आज नेपाली बजारमा सुन अहिलेसम्मकै महँगो प्रतितोला… विस्तृतमा
सीमा क्षेत्रमा भारुको कारोबार नहुँदा व्यापार व्यवसायमा असर
धनगढी । सीमा क्षेत्रका सहरमा रु एक सयभन्दा बढी दरका भारतीय मुद्राको कारोबार नहुँदा व्यापारिक… विस्तृतमा