भदौ १० गते चर्चित हास्य कलाकार मनोज गजुरेलसहतिको टोली धनगढी आउने

Gaijatra
Gaijatra
August 23, 6:45

धनगढी, भदौ ६ – धनगढीमा भदौ १० गते गाईजात्रा विशेष कार्यक्रम हुने भएको छ। मुलुकको सङ्घीय संरचना अनुसार सात वटै प्रदेशमा गाईजात्रा विशेष कार्यक्रम गर्ने योजना अनुसार सुदूरपश्चिम प्रदेशको गाईजात्रा धनगढीमा हुने भएको हो। हास्य कलाकार मनोज गजुरेलको नेतृत्वमा ११ जना कलाकारको धनगढी गाईजात्रामा सहभागिता रहने छ। 

स्थानीय स्तरमा संयोजन गरिरहेको धनगढी जेसिज र जेसिज एभरेस्ट पूर्व विद्यार्थी सङ्घले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरेर गाईजात्रा कार्यक्रमलाई उत्सवको रूपमा मनाउन लागिएको जानकारी दिएका छन्। 

पाँच सय, एक हजार र एक हजार पाँच सय गरी तीन किसिमको टिकट दर तय गरिएको कार्यक्रमका संयोजक समेत रहेका धनगढी जेसिजका कार्यकारी उपाध्यक्ष कलेन्द्र शाहीले बताए। गाईजात्रा कार्यक्रममा सुदूरपश्चिमका मुख्यमन्त्री सहित प्रदेशका मन्त्री, सांसद, स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दलका नेतासहित साढे सात सय जनालाई सहभागी गराउने तयारी गरिएको उनले बताए। 

उक्त कार्यक्रमबाट सङ्कलन भएको रकमबाट धनगढी जेसिजको बहुउद्येशीय सभा हल निर्माण गरिने धनगढी जेसिजका अध्यक्ष नरेन्द्रराज अवस्थीले बताए। यस क्षेत्रमा भइरहेका विकृति, विसङ्गति , राजनीतिक बेथितिसँगै समसामयिक विषयहरूलाई व्याङगात्मक ढङ्गले प्रस्तुत गर्ने लक्ष्यका साथ गाईजात्रा विशेष कार्यक्रमको आयोजना गरिन लागिएको जेसिज एभरेस्ट पूर्व विद्यार्थी सङ्घका अध्यक्ष खेमराज जोशीले बताए। 

गाईजात्रा कार्यक्रममा कलाकार गजुरेल सहित शैलेन्द्र सिम्खडा, सुरेन्द्र केसी (मुला साग), शिवशङ्कर रिजाल (जोगिन्दर पानवाला), रवि डङ्गोल, यमन श्रेष्ठ, सुबोध गौतम, पूर्ण थापा, सन्ध्या बुढा (काउली बुढी) सुमन कार्की र रुविना अधिकारी आउनेछन्। १० गते साँझ ५ बजेदेखि ओम प्यालेसमा कार्यक्रम सुरु हुनेछ। ‘प्रदेश प्रदेशमा गाईजात्रा’ कार्यक्रम साउन ३१ गतेदेखि प्रदेश १ को विराटनगरबाट सुरु भएको थियो। 

सम्बन्धित वर्गका समाचारहरू

चलचित्र ‘काँडेतार’को च्यारिटी-सो
धनगढी । नेपाली कथानक चलचित्र काँडेतारको विशेष च्यारिटी सो धनगढीमा आज प्रदर्शन गरिएको छ ।  सीमा… विस्तृतमा
सहिद परिवारलाई सहयोगार्थ काँडेतारको ‘च्यारिटी सो’
धनगढी। सीमा रक्षाको क्रममा ज्यान गुमाउनु भएका कञ्चनपुरका सहिद गोविन्द गौतमको परिवारलाई सहयोगार्थ… विस्तृतमा
रानाथारु समुदाय थारुभित्रै हुनुपर्ने बहस
धनगढी । थारु आयोगले थारु जातिबाट अलग्गिएर छुट्टै जनजातिमा सूचीकृत भएको रानाथारु समुदाय थारुभित्रै… विस्तृतमा
कम्युनिष्ट पार्टी, संगठनात्मक प्रणाली र अनुशासन
कम्युनिष्ट -communist_को अर्थ “महत्वपुर्ण राजनीतिक शब्द ज्ञानमा” यस प्रकार परिभाषित गरिएको छ ।  “… विस्तृतमा