शिवपुरी धाममा तीज महोत्सव

Teej Celebration
Teej Celebration
September 03, 12:12

धनगढी, भदौ १७ - शिवपुरी उत्तरामेश्वरम ज्योतिलिङ्गधाम र हाम्रो संस्कृति हाम्रो पहिचान नेपालको आयोजनमा भएको तीज महोत्सवको  धनगढी उपमहानगरपालिकाका उप प्रमुख सुशिला मिश्र भट्टज्युले  एक समारोहका बीच उदघाटन गर्नु भएको छ । तीज महोत्सव उदघाटन गर्दै उप प्रमुख भट्टले संस्कृती रहे मात्र हामी सबैको अस्तित्व र चिनारी रहने भएकाले सबैले संस्कृतिको संरक्षण संगै पुस्ता हस्तान्तरण गर्दै लैजानु पर्ने बताउनु भयो ।  आयोजक संस्था  मध्यको एउटा संस्था हाम्रो संस्कृति हाम्रो पहिचान नेपालका अध्यक्ष सुरत रावत (डोटेली) ले हाम्रो नै  उद्देश्य संस्कृतिको जगेर्ना गर्ने र स्थानीय धार्मिक , साँस्कृतिक, पर्यटन सम्भावना बोकेका ठाउँको प्रचारप्रसार  गर्ने हो तसर्थ त्यसका लागि शिवपुरी उत्तररामेश्वरम ज्योतिलिङ्ग धामले संयुक्त रुपमा कार्यक्रम स्थल तय गर्‍यौं त्यसका लागि धनगढी उपमहानगरपालिका वडा न.४ ले सहजता प्रदानले कार्यक्रम गर्न सफल भएको बताउनु भयो ।  
कार्यक्रम संयोजक गीता मल्लले हिन्दु नारीहरुको महान चाड हरितालिका तीजको अवसरमा तीज महोत्सवको आयोजना गरेर एकातर्फ हाम्रो संस्कृतिको जगेर्ना हुन्छ भने अर्को तर्फ सम्पुर्ण दिदिबहिनीहरुको भेटघाट,  दुख्ख सुख साटासाट गर्ने वातावरण बन्छ शिवपुरी जस्तो धार्मिकस्थलमा हामीले अब हरेक बर्ष कार्यक्रम  निरंतरता दिने छौं संयोजक  मल्लले भन्नू भयो ।  त्यस्तै कैलाली जनपुस्तकालयका अध्यक्ष डा.टि.एन. जोशीले हाम्रो संस्कृति हाम्रो पहिचान रहेकाले हरेक समाजका  हरेक खाले संस्कृतिको संरक्षण एवं सम्वर्द्दनमा सबैपक्ष लाग्नु पर्ने बताउनु भयो । 
कार्यक्रममा धनगढी उपमहानगरपालिका वडा न. ४ का अध्यक्ष दिपक थापा, हाम्रो संस्कृति हाम्रो पहिचान नेपालका उपाध्यक्ष बरिष्ठ डेउडा गायक दलबहादुर बोगटी ,शिवपुरी उत्तररामेश्वरम ज्योतिलिङगधामका पुर्ब अध्यक्ष हिक्मत कठायत,नारी जागरणका अध्यक्ष सीता खडका लगायतको उपस्थिति रहेको थियो ।                  
धनगढी उपमहानगरपालिका वडा न.४ को मुख्य प्रायोजनमा भएको तीज महोत्सवमा विभिन्न  गायक ,गायिकाको प्रस्तुति संगै विभिन्न नृत्यहरु प्रस्तुत गरिएको थियो । शिवपुरी उत्तरामेश्वरम ज्योतिलिङ्गधामका कार्यबाहक अध्यक्ष बलदेव प्रसाद भट्ट को सभापतित्वमा भएको कार्यक्रममा हाम्रो संस्कृति हाम्रो पहिचान नेपालका कोषाध्यक्ष प्रेम चन्दले कार्यक्रम सञ्चालन गर्नु भएको थियो । सोमबार उदघाटन  भएको महोत्सव मंगलबार समापन हुने छ । धनगढी उपमहानगरपालिका वडा न. ४ को मुख्य प्रायोजनमा भएको तीज महोत्सवमा कलाकारहरु सुरेन्द्र संगम, माया पाण्डेय,देवकी भट्ट , सुनिता साउँद, पार्वती बम, सुनिता चदारा, ज्ञानु शाह, पुष्पा बडैला लगायतका कलाकारको प्रस्तुति संगै विभिन्न नृत्यहरु प्रस्तुत गरिएको थियो ।

सम्बन्धित वर्गका समाचारहरू

चलचित्र ‘काँडेतार’को च्यारिटी-सो
धनगढी । नेपाली कथानक चलचित्र काँडेतारको विशेष च्यारिटी सो धनगढीमा आज प्रदर्शन गरिएको छ ।  सीमा… विस्तृतमा
सहिद परिवारलाई सहयोगार्थ काँडेतारको ‘च्यारिटी सो’
धनगढी। सीमा रक्षाको क्रममा ज्यान गुमाउनु भएका कञ्चनपुरका सहिद गोविन्द गौतमको परिवारलाई सहयोगार्थ… विस्तृतमा
रानाथारु समुदाय थारुभित्रै हुनुपर्ने बहस
धनगढी । थारु आयोगले थारु जातिबाट अलग्गिएर छुट्टै जनजातिमा सूचीकृत भएको रानाथारु समुदाय थारुभित्रै… विस्तृतमा
कम्युनिष्ट पार्टी, संगठनात्मक प्रणाली र अनुशासन
कम्युनिष्ट -communist_को अर्थ “महत्वपुर्ण राजनीतिक शब्द ज्ञानमा” यस प्रकार परिभाषित गरिएको छ ।  “… विस्तृतमा