धनगढीमा विकास सम्मेलनको तयारी

Dhangadhi
Dhangadhi
September 10, 6:40

धनगढी, भदौ २४ - धनगढीको विकासमा सहयोग पुग्ने आशाका साथ धनगढी उप–महानगरपालिकाले विकास सम्मेलनको तयारी थालेको छ ।
विकास सम्मेलनको तयारी अन्तरगत मंगलबार जिल्लाका पूर्व जनप्रतिनिधीहरु, राजनितिकदलका प्रतिनिधीहरु, प्रध्यापकहरु, सामाजिक क्षेत्रका अगुवाहरु, सामाजिक संघसंस्थाका प्रतिनिधीहरु संग सुझाव संकलनका लागि छलफल गरेको छ । धनगढी उप–महानगरपालिका प्रमुख नृपबहादुर वडले विकास सम्मेलन कार्तिक अन्तीम साता भित्र गर्ने तयारी भैरहेको बताए । विकास सम्मेलनका लागि यस अगाडी राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संघसंस्थाहरु संग पनि छलफल भैसकेको छ नगरप्रमुख वडले भने, सबै क्षेत्रबाट आएका सुझावहरुलाई संकलन गरेर सम्मेलन संचालनको ढाँचा तयार गरिने छ । विकास सम्मेलनले विकासका लागि आवश्यकताका क्षेत्रहरु पहिचान गर्ने र सोही अनुसार लगानीकर्ताहरुलाई धनगढीमा भित्राउन सकिने पनि नगरप्रमुख वडले बताए ।
धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टले विकास सम्मेलन यस प्रदेशकै लागि पहिलो हुने बताईन । विकास सम्मेलनलाई कसरी परिणाममूखी बनाउन सबै क्षेत्रको सुझाव संकलन गर्ने काम भैरहेको छ उप–प्रमुख भट्टले भनिन् , अझै छलफललाई निरन्तरता दिईन्छ ।
विकास सम्मेलनको पहिलो उदेश्य धनगढी उप–महानगरपालिकाको विकासको अवस्था, सम्भावना, चुनौती पत्ता लगाउने छ । त्यसैगरी उप–महानगरपालिकाको विकासको योजना के हो ? कहाँ छन् र त्यसका बारेमा दाताहरुलाई अवगत गराईने छ । धनगढी उप–महानगरपालिकाले काम कसरी गरिरहेको छ, प्रगतीको अवस्था कस्तो भन्ने बारेमा यथार्थतामा गएर सम्मेलनमा छलफल गरिने बताईएको छ । त्यसैगरी धनगढीको पहिचानका क्षेत्रहरुका बारेमा समेत दाताहरुलाई अवगत गराउने धनगढी उप–महानगरपालिकाका डिभिजनल ईन्जीनियर डिजराज भट्टले बताए ।
धनगढी उप–महानगरपालिकाका पूर्व नगरप्रमुख खेमराज पाण्डेले विकास सम्मेलन आफैमा राम्रो भएको बताए । उनले भने, यस बारेमा पूर्व तयारी राम्रो संग हुनुपर्छ । नेपाल रेडक्रस सोसाईटी कैलालीका सभापती उत्तम जोशीले विकास सम्मेलनको तयारी अन्तरगत प्राथमिकताका क्षेत्रहरुको पहिचान गर्नु आवश्यक भएको बताए । 
 

सम्बन्धित वर्गका समाचारहरू

धनगढीको शिवनगरमा संचालनमा आयो पिके हेअर सैलुन एण्ड जेन्स पार्ल…
धनगढी । धनगढीको शिवनगरमा पिके हेअर सैलुन एण्ड जेन्स पार्ल  संचालनमा आएको छ ।  धनगढी उपमहानगरपालिका… विस्तृतमा
शिव शिखर सहकारीको कारोबार यकिन गर्न सकस
काठमाडौं । ३६ जिल्लामा शाखा रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको हालसम्म ११ शाखामात्र सिल… विस्तृतमा
सुनकाे भाउ अहिलेसम्मकै महँगाे, तोलाकाे १ लाख १७ हजार रुपैयाँ
काठमाण्डाै / सुनको भाउ अहिलेसम्मकै महँगाे भएको छ । आज नेपाली बजारमा सुन अहिलेसम्मकै महँगो प्रतितोला… विस्तृतमा
सीमा क्षेत्रमा भारुको कारोबार नहुँदा व्यापार व्यवसायमा असर
धनगढी । सीमा क्षेत्रका सहरमा रु एक सयभन्दा बढी दरका भारतीय मुद्राको कारोबार नहुँदा व्यापारिक… विस्तृतमा