फूलबारी महोत्सवको चौथो संस्करण आगामी पौष १३ गते देखि २२ गतेसम्म

Fulbari Mahotsab Final
Fulbari Mahotsab Final
December 09, 7:53

धनगढी, मंसिर २३ -

 यस वर्षको फूलबारी महोत्सवको चौथो संस्करण आगामी पौष १३ गते देखि २२ गतेसम्म आयोजना हुने भएको छ । धनगढी उप महानगरपालिका वडा नम्बर १४ मा महोत्सव आयोजना हुने आयोजकले जनाएको छ । 
न्यु बुद्ध स्पोर्ट्स युवा क्लबको आयोजनामा यही पुस १३ गते देखि २२ गते सम्म महोत्सव हुने आयोजक क्लबका अध्यक्ष महेश गोलेले जनाउनु भयो । 
महोत्सवमा १ सय ५० को हाराहारीमा व्यापारिक स्टल, स्थानीय कला तथा परम्परागत संस्कृति झल्काउने खालका आदिवासी नमुना गाउँ लगायत हुने आयोजकले जनाएको छ । 

आज धनगढीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष गोलेले महोत्सवमा ४० लाखको कारोबार हुने बताउनु भयो । 

राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारका विभिन्न प्रस्तुत, जिल्ला स्तरीय लोकदोहोरी प्रतियोगिता लगायतका कार्यक्रम महोत्सव अवधि भरी आकर्षकका रूपमा रहेन क्लबका सचिव कृत विष्टले बताउनु भयो । 

सम्बन्धित वर्गका समाचारहरू

धनगढीको शिवनगरमा संचालनमा आयो पिके हेअर सैलुन एण्ड…
धनगढी । धनगढीको शिवनगरमा पिके हेअर सैलुन एण्ड जेन्स पार्ल  संचालनमा आएको छ ।  धनगढी उपमहानगरपालिका… विस्तृतमा
शिव शिखर सहकारीको कारोबार यकिन गर्न सकस
काठमाडौं । ३६ जिल्लामा शाखा रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको हालसम्म ११ शाखामात्र सिल… विस्तृतमा
सुनकाे भाउ अहिलेसम्मकै महँगाे, तोलाकाे १ लाख १७ हजार…
काठमाण्डाै / सुनको भाउ अहिलेसम्मकै महँगाे भएको छ । आज नेपाली बजारमा सुन अहिलेसम्मकै महँगो प्रतितोला… विस्तृतमा
सीमा क्षेत्रमा भारुको कारोबार नहुँदा व्यापार व्यवसायमा…
धनगढी । सीमा क्षेत्रका सहरमा रु एक सयभन्दा बढी दरका भारतीय मुद्राको कारोबार नहुँदा व्यापारिक… विस्तृतमा