निर्माला पन्त घटनामा आधारित ‘कोपिला’ फिल्मको ट्रेलर सार्वजनिक(भिडियोसहित)

Kopila
Kopila
December 21, 7:15

काठमाडौं, ५ पौष - कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको विषयलाई आधार बनाएर निर्माण गरिएको नेपाली चलचित्र ‘कोपिला’को ट्रेलर सार्वजनिक भएको छ। शुक्रबार ओएसआर डिजिटलले आफनो अफिसियल युटयुब च्यानल मार्फत चलचित्रको ट्रेलर सार्वजनिक गराएको हो।

सामाजिक कथा वस्तु बोकेको चलचित्रको ट्रेलरमा निर्मलालाई कापिला पात्र बनाइएको छ। कोपिलाको बलात्कारपछि भएको हत्यारालाई सरकारले लामो समयसम्म पनि पक्राउ गर्न नसकेको कारण उत्पन्न परिस्थिति ट्रेलरमा देखाइएको छ। ट्रेलरमा पत्रकार, मानव अधिकारकर्मी, राजनीतिक पार्टीले विभिन्न बहानामा कोपिलाको लासमाथि गरेको राजनीतिलाई देखाइएको छ।

शिवम् अधिकारीको लेखन तथा निर्देशनमा बनेको यो चलचित्रमा सरिता गिरी, गणेश गिरी र सन्जिवनी खरेलले मुख्य भूमिका निर्वाह गरेका छन्। गणेश गिरिको प्रस्तुति रहेको कोपिलालाई संचारकर्मी मणिराज गौतमले निर्माण गरेका हुन् भने चलचित्रको कार्यकारी निर्मातामा सुबास काफ्ले रहेका छन्।

चलचित्रमा समिर मिया, रामेश्वर कार्यकारी सहनिर्माताको रूपमा रहेका छन्। चलचित्रमा सरिता, गणेश, सन्जीवनीसंगै प्रकृती खरेल, ऋद्धिचरण श्रेष्ठ, विमल पौडेल, पुष्प आचार्य, सुशान्त श्रेष्ठ, अस्मिन घिमिरे, अस्मिता जुरेली, प्रतिक्षा खड्का, राखी क्षेत्रीलगायतको अभिनय रहेको निर्माण टिमले बताएको छ। चलचित्रमा रामेश्वर कार्कीको छांयाकन, समिर मियाको सम्पादन र दीपक शर्माको संगीत रहेको छ।

८० लाखको लगानीमा निर्माण भएको यो चलचित्रको सेन्सरसमेत पास भइसकेको निर्देशक अधिकारीले बताए। बलात्कारपछि हत्या भएकी कन्चलपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको कथासँग चलचित्रको कथा रहेकाले निर्मलाको परिवारसंग लिखित अनुमति लिएर चलचित्र बनाइएको निर्देशक अधिकारीको भनाइ छ। चलचित्रले रिलिज डेट भने सार्वजनिक गरेको छैन। थाहा खबरवाट

सम्बन्धित वर्गका समाचारहरू

चलचित्र ‘काँडेतार’को च्यारिटी-सो
धनगढी । नेपाली कथानक चलचित्र काँडेतारको विशेष च्यारिटी सो धनगढीमा आज प्रदर्शन गरिएको छ ।  सीमा… विस्तृतमा
सहिद परिवारलाई सहयोगार्थ काँडेतारको ‘च्यारिटी सो’
धनगढी। सीमा रक्षाको क्रममा ज्यान गुमाउनु भएका कञ्चनपुरका सहिद गोविन्द गौतमको परिवारलाई सहयोगार्थ… विस्तृतमा
रानाथारु समुदाय थारुभित्रै हुनुपर्ने बहस
धनगढी । थारु आयोगले थारु जातिबाट अलग्गिएर छुट्टै जनजातिमा सूचीकृत भएको रानाथारु समुदाय थारुभित्रै… विस्तृतमा
कम्युनिष्ट पार्टी, संगठनात्मक प्रणाली र अनुशासन
कम्युनिष्ट -communist_को अर्थ “महत्वपुर्ण राजनीतिक शब्द ज्ञानमा” यस प्रकार परिभाषित गरिएको छ ।  “… विस्तृतमा