डोटीको छतिवनमा प्याराग्लाइडिङको सफल परीक्षण

Chhatiwan
Chhatiwan
December 24, 7:21

डोटी, ७ पौष – 
भ्रमण वर्ष २०२० लाई लक्षित गरी छतिवन पर्यटन पर्बद्वन समिति जोरायल डोटीको आयोजनामा प्याराग्लाडिङको सफल परीक्षण गरेको छ ।
सोमबार डोटीमा आयोजित कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीका स्वकीय सचिव शिव सिंह ओलिले उद्घाटन गरे । रुपसकाडाबाट छतिवन ताल सम्म प्याराग्लाइडिङको सफल परीक्षण गरिएको थियो ।
छतिवनमा गरिएको प्याराग्लाइडिङको परीक्षण उडानले त्यहाँ आन्तरिक तथा बाह्य पर्यटक तान्न सकिने छतिवन पर्यटन प्रबर्द्धन संरक्षण समितिका अध्यक्ष भरत कुँवरले बताए। 
डोटीमा दुई नगरपालिका र सात गाउँपालिका गरी कूल नौ स्थानीय तह रहेका छन्। डोटी जिल्लाको शैलेश्वरी, बडिकेदार, खप्तड, छतिवन ताल, नापानी, छहरा झरना, गोलादेउलगायतका ठाउँ घुम्न लायक छन्।

सम्बन्धित वर्गका समाचारहरू

कैलालीमा २७ औ वन्यजन्तु सप्ताह कार्यक्रम सम्पन्न
धनगढी ७ बैशाख   /  मानव बन्यजन्तु सह अस्तित्व ःहाम्रो दायित्व भन्ने मुल नाराका साथ सुरु भएको… विस्तृतमा
पूर्वाधार निर्माणले पर्यटकलाई सुविधा
कञ्चनपुर, २ वैसाख । पर्यटन प्रवद्र्धनका लागि भीमदत्त नगरपालिकाले भौतिक पूर्वाधार निर्माणमा जोड… विस्तृतमा
खप्तड र बडिमालिकामा सुरु भयो ‘हेली टुर’
धनगढी, १ फाल्गुन । सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय स्थल खप्तड र बडिमालिका घुम्न आज देखि ‘हेली… विस्तृतमा
खप्तड घुम्नका लागि ‘हेलिटुर प्याकेज’
डोटी  १८ माघ / खप्तड राष्ट्रिय निकुञ्ज र बडीमालिका धार्मिक स्थलको अवलोकन, दर्शन गर्नका लागि हेलिटुर… विस्तृतमा