भारतीय अतिक्रमणमा परेको भूमि अवलोकनमा पुग्यो राष्ट्रिय जनमोर्चाको टोली

कञ्चनपुर, चैत्र ४ - सीमा विवाद चुलिएको भारतद्वारा अतिक्रमित कञ्चनपुरको बेलौरी र बेल्डाडी क्षेत्रको भूमि अवलोकनमा राष्ट्रिय जनमोर्चाको टोली पुगेको छ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य एवं सुदूरपश्चिम इन्चार्ज मनोज भट्टको नेतृत्वमा टोली उक्त क्षेत्रमा पुगेको हो ।
भूमि अवलोकन पश्चात् भट्टले दशगजावासीको समस्या समाधानका लागि सरकारले पहल गर्नुपर्ने बताए । साथै नेपाली लालपुर्जा भएकै जमिन भारतमा परेको विषयमा दुई देशबिच भएको सहमति पुनरावलोकन हुनुपर्ने उनले बताए ।
सुदूरपश्चिम प्रदेशले योजनामा गरेको अवलोकन टोलीमा पार्टीका प्रदेश अध्यक्ष नन्दराज भट्ट, किसान महासङ्घका केन्द्रीय नेता हरिकृष्ण पाण्डे, प्रदेश कोषाध्यक्ष केशव नाथ योगी, विद्यार्थी नेता महेश जोशी, युवक नेता प्रशान्त थापा, तराई मधेसी जनवादी मोर्चाका नेता राजाराम चौधरी ट्रेड युनियनका नेता जनक कुँवर, कंन्चनपुरका सचिव अहिमान थापा, कैलाली सचिव जगत् जोशी, विद्यार्थी अन्य नेताहरू हेमराज भट्ट, महेश भट्ट, पुष्कर भट्ट, युवकका अन्य नेताहरू अमिर कुँवर, दशरथ सुबेदी, समताका नेता हर्क बिक, विद्यार्थी नेता गणेश नाथ योगी लगायत सहभागी थिए ।




