स्वास्थ्य-सौन्दर्य
February 25, 9:02
कञ्चनपुर – कृष्णपुर नगरपालिकाको आयोजना र केजी अस्पताल धनगढीको प्राविधिक सहयोगमा कृष्णपुर नगरपालिका–८ मा रहेको रैकवार स्वास्थ्य चौकीमा बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । शनिवार रैकवार स्वास्थ्य चौकीमा एक औपचारिक कार्यक्रममा बिच नगरप्रमुख हेमराज ओझाले उक्त निःशुल्क स्वास्थ्य शिविरको शुभारम्भ गरेका हुन । नगरपालिकाका वडा न ७, ८ र ९ का नागरिकहरूलाई लक्षित गरी उक्त स्वास्थ्य शिविर… विस्तृतमा
June 13, 5:55
सिलगढी– जिल्ला अस्पताल डोटीमा अक्सिजन प्लान्ट जडान गरिएको छ । दिनको १० वटा सिलिन्डर भर्न सक्ने क्षमता रहेको उक्त प्लान्टको सोमबार सुदूरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्री टेक बहादुर रैकाले उद्घघाटन गर्नु भएको हो ।
य सरकारले प्लान्ट स्थापनाका लागि ८० लाख बजेट विनियोजन गरेको भए पनि ३० लाखमा टेण्डर परेको थियो । प्लान्ट जडान भएसँगै अक्सिजन भर्न डडेल्धुरा, धनगढी, नेपालगन्ज धाउनुपर्ने बाध्यता… विस्तृतमा
May 23, 11:28
एजेन्सी ९ जेठ / पछिल्लो समयमा केही देशमा देखिएको मंकीपक्स संक्रमण थप देशहरुमा पनि देखिएको छ । अस्ट्रेलिया, इजरायल र स्वीटजरल्यान्डमा मंकीपक्स देखिएको हो । योसँगै मंकीपक्स संक्रमण फैलिने देशको संख्या १५ पुगेको छ । देशबाहिरबाट आएका एक एक जनामा संक्रमण देखिएको इजरायल र स्वीटजरल्यान्डले जनाएका छन् । इजरायलले अर्को शंकास्पद केसको अनुसन्धान गरिरहेको जनाएको छ । मंकीपक्स सजिलै मानिसबीच सर्दैन र रोग पनि… विस्तृतमा
April 05, 4:56
धनगढी, २२ चैत । धनगढीमा भोली(बुधबार)बाट बालबालिकालाई टाइफाइड बिरुद्धको खोप लगाइने भएको छ । धनगढीका ५७ हजार बालबालिकालाई टाइफाइड बिरुद्धको खोप लगाइने भएको छ । नगरका १९ वटै वडामा रहेका ५७ हजार ७ सय ८२ बालबालिकालाई टाइफाइड बिरुद्धको खोप लगाइने भएको हो ।
धनगढी उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख कृष्ण बहादुर बोहराले भोली (बुधबार)बाट अभियानकै रुपमा टाइफाइड बिरुद्धको खोप लगाइने बताए ।प्रमुख बोहराका… विस्तृतमा
April 03, 12:58
धनगढी,२० चैत्र / शनिवार कैलालीको अत्तरियास्थित पद्मा अस्पतालमा मृत्यु भएका बिरामीका आफन्तलाई १५ लाख क्षतिपूर्ति दिइएको छ। शनिवार साँझ अस्पताल प्रशासन, प्रहरी र स्थानीयबीच भएको सहमति अनुसार अस्पतालले सो रकम दिएको हो। उक्त सहमति भएसँगै आफन्तले शव बुझेका थिए। सहमति भएपछि शनिवार साँझबाटै अस्पतालले पनि आफ्नो सेवा सुचारु गरेको थियो।
शुक्रवार राति उपचारका लागि अस्पतालमा पुगेका गोदावरी नगरपालिका–३ का… विस्तृतमा
March 19, 6:25
डोटी,५ चैत्र/ हेल्थ असिस्टेन्ट संघ नेपाल (हान) जिल्ला कार्यसमिति डोटीको अध्यक्षमा कुँवेर बहादुर खड्का चयन भएका छन । हान डोटीको दोस्रो महाधिवेशनबाट खड्काको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो ।
समितिको बरिष्ठ उपाध्यक्षमा रमेश प्रसाद जोशी, उपाध्यक्षमा जमुना बोहरा, नरेश बोहरा, प्रकाश बहादुर चन्द, दिनेश बहादुर रोकाया चयन भएका छन । त्यस्तै समितिको सचिवमा धन बहादुर कुँवर, सह–सचिवमा महेश भट्ट,… विस्तृतमा
March 09, 10:19
धनगढी, फागुन २४ – धनगढी लेडिज जेसिज ले ११२ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नारीको उच्च सम्मान गर्दै सेती प्रादेशिक अस्पतालमा सुत्केरी महिलाहरूलाई फलफूल वितरण गरेको छ ।
धनगढी लेडिज जेसिजकी अध्यक्ष जेसी सरस्वती खड्का भट्टको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा कार्यक्रम संयोजक जेसी शोभा भट्ट गुरुङ, कार्यकारिणी उपाध्यक्ष जेसी सुशीला निरौला, महासचिव मिना भट्ट, उपाध्यक्ष निर्मला भट्ट, क्षेत्र… विस्तृतमा
March 04, 9:38
ताप्लेजुङ / जिल्ला अस्पतालको उपचार कक्षभित्रै भालु पसेको छ । हिजाे बिहीवार राति अस्पतालको प्रसूति कक्षमा भालु पसेको अस्पतालले जनाएको छ । राति साढे ११ बजेको समयमा उपचार कक्षमा भालु देखिएको थियो ।
बिरामी नभएको उपचार कक्षमा भालु भेटिएपछि प्रहरीको सहयोगमा ढोका तानेर थुनिएको र अहिले त्यही कोठामै नियन्त्रणमा रहेको अस्पतालका चिकित्सक सोनिङ लामाले जानकारी दिनुभयो । उहाँका अनुसार अस्पतालको पछाडिको भागबाट… विस्तृतमा
March 04, 9:09
धनगढी : सुदूरपशिचम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। नेपाल प्रहरी अस्पताल महाराजगञ्जको ३८ औँ वार्षिकोत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको हो।
नेपाल प्रहरी अस्पताल र नेपाल प्रहरी श्रीमती संघको संयुक्त आयोजनामा विशेषज्ञ चिकित्सकहरुबाट चर्म रोग, आँखा, नाक, कान तथा घाँटि सम्बन्धी समस्याहरुका साथै नर्सिङ विभाग, मेडिसिन, अर्थो… विस्तृतमा
February 22, 10:48
धनगढी: धनगढीको नेशनल प्याथ ल्याबले पत्रकारलाई ३० प्रतिशत छुट दिने भएको छ। मंगलबार नेशनल प्याथ ल्याब र पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिबीच उक्त सम्झौता भएको हो।
सम्झौता अनुसार पत्रकार, सञ्चार गृहमा कार्यरत कर्मचारी र पत्रकारका परिवारलाई ल्याबले प्रदान गर्ने सेवा, स्वास्थ्य परीक्षण तथा सुविधामा ३० प्रतिशत छुट दिइने भएको छ। मंगलबार पत्रकार महासंघ सुदूरपश्चिमका सचिव हरी जोशी र ल्याबका… विस्तृतमा
February 20, 11:44
अछाम,८ फागुन / अछामको मंगलसेन नगरपालिकाका ६५ वर्षीय पुरुष वर्षौंदेखि समाजभन्दा टाढा बसेका छन् । कारण, उनमा कुष्ठरोग छ । यो रोग लागेका व्यक्तिलाई समाजमा फरक तरिकाले हेर्ने गरेका कारण उनले वर्षौंसम्म धेरै अप्ठ्यारो परिस्थिति झेल्नु पर्यो ।
घरबाहिर पनि उनी हत्तपत्त निस्कँदैनन् । उनी अहिलेसम्म रोगबारे लुकेरै बसेका छन् । खुल्न पनि चाहँदैनन् । ‘इष्टमित्रको अगाडी त म आजसम्म खुलेर अनुहार देखाउन सकेको… विस्तृतमा
February 17, 11:56
फागुन ४, डोटी / डोटीको दिपायल सिलगढी नगरपालिकार जोरायलगाउँपालिकालेपूर्ण कोभिड खोप युक्तपालिका घोषणा गर्न पालिकाभित्रकोभिड खोप लगाउन छुटेकाहरुको तथ्यांकखोजी गरी तिनीहरुलाई खोप लगाउने अभियानलाई तिब्रतादिएका छन् ।
नगरपालिकालाई समयमै पूर्ण कोभिडखोप युक्तपालिका घोषणा गर्न स्वास्थ्यकर्मि, स्वययसेबीका र जनप्रतिनीहरु, सहयोगी संघ संस्थाविभिन्न योजनाबनाई अभियानलाई अघाडी बढाईएकोे दिपायल सिलगढी नगरपालिका… विस्तृतमा
February 14, 8:31
अछाम २ फागुन/ अछामका ग्रामीण भेगका महिलाले आधारभूत स्वास्थ्य सेवा पाउन लिन स्वास्थ्य शिविरको भर पर्नुपर्ने बाध्यता अझै हट्न सकेको छैन । सामान्यदेखि जटिल समस्याको समयमा पहिचान नहुँदा धेरैले पीडामा बस्नु परेको छ । गाउँगाउँमा स्वास्थ्य चौकी भए पनि सेवा लिन जानेको संख्या भने निकै कम देखिन्छ ।
अछामको ढकारी गाउपालिका ४ की ३२ वर्षीया बिन्द्रा (नाम परिवर्तन) लाई पछिल्लो सात वर्षदेखि तल्लो पेट दुख्ने,… विस्तृतमा
February 09, 6:30
धनगढी २६ माघ / सरकारले डडेल्धुरा अस्पताललाई मेडिकल कलेजका रुपमा विस्तार गर्ने भएको छ । मन्त्रिपरिषद्को माघ १० गते बसेको बैठकले डडेल्धुरा अस्पताललाई मेडिकल कलेजका रुपमा अगाडि बढाउने निर्णय गरेको हो । मेडिकल कलेज भने सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत हुनेछ ।
मन्त्रिपरिषदको निर्णयमा भनिएको छ, ‘स्वास्थ्य तथा जनसंख्या, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र सुदूरपश्चिम विश्वविद्यालयबीचको समझदारीबाट… विस्तृतमा
February 09, 11:11
धनगढी,२६ माघ / सेती प्रादेशिक अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।
कञ्चनपुरको भीमदत्त नगरपालिका १६ का ७४ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार माघ १९ गते देखि अस्पतालको आईसीयूमा राखेर उनको उपचार भइरहेको थियो।