राष्ट्रिय
June 02, 8:36
काठमाडौं – नारायणहिटी दरबार हत्याकाण्ड भएको २१ वर्ष पूरा भएको छ। २०५८ जेठ १९ गते बेलुकी राजदरबारभित्र तत्कालीन राजा वीरेन्द्र शाहको वंश विनाश भएको थियो।
शुक्रवार बेलुकीको पारिवारिक जमघटका क्रममा घटना घटेको थियो। घटनामा राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन र राजकुमारी श्रुतिको हत्या भएको थियो। यस्तै राजाका भाइ धीरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ति, राजकुमारी… विस्तृतमा
May 10, 12:48
काठमाडौं २७ वैशाख / १३औं दक्षिण एसियाली खेलकुदमा नेपालका लागि ऐतिहासिक स्वर्ण जितेकी भारत्तोलन खेलाडी सञ्जु चौधरीले ‘आत्महत्या’ गरेपछि समग्र खेलकुदवृत्त स्तव्ध छ ।
प्रशिक्षक सञ्जय महर्जनको घरमा बस्दै आएकी सञ्जुले सोमबार राति सोही घरको भुइँतलाको कोठामा सलको पासो लगाएर ‘आत्महत्या’ गरेकी हुन् । प्रहरीले मुचुल्का उठाएर शव पोष्टमार्टमका लागि पाटन अस्पताल पुर्याएको छ ।
६ महिनाअघि नेपाल प्रहरीको… विस्तृतमा
May 02, 12:36
धनगढी, १९ वैशाख / आचारसंहिताको उल्लंघन गरेको भन्दै सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री गोबिन्द बोहराविरुद निर्वाचना आयोगमा उजुरी परेको छ। मन्त्री बोहराले नेपाली काँग्रेस डडेल्धुराले आयोजना गरेको चुनावी आमसभामा सहभागिता जनाएको भन्दै उजुरी परेको हो।
स्थानीय तह निर्वाचन २०७९ प्रायोजनका लागि जारी भएको आचारसंहिताको परिच्छेद ३ मा पदाधिकारी, कर्मचारी तथा निकायले पालना गर्नुपर्ने प्रावधान… विस्तृतमा
May 01, 12:50
धनगढी, १८ वैशाख / ‘आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन’को माग राख्दै अमेरिकाको सिकागो सहरका श्रमिकहरूले सडक ओर्लिएर बलिदानी पूर्ण सङ्घर्ष गरी विजय हासिल गरेको दिनको सम्झनामा आज विश्वभर अन्तर्राष्ट्रिष्य श्रमिक दिवस मनाइँदैछ ।
एक सय ३६ वर्षदेखि निरन्तर मनाउन सुरु गरिएको श्रमिक दिवसले श्रमिकको एकता, वीरता र गौरवपूर्ण इतिहास बोकेको छ । अन्र्राष्ट्रिय श्रमिक दिवसले संसारभरका श्रमिकलाई… विस्तृतमा
May 01, 12:45
काठमाडौं, १८ वैशाख / गृह मन्त्रालयले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेललाई प्रहरी प्रमुखमा बढुवा गर्न प्रस्ताव गरेको छ ।मन्त्रालयले एक नम्बर वरियतामा रहेका पोखरेललाई आईजीपीमा नियुक्त गर्ने गरी मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने गरी निर्णय गरेको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवा तेस्रो नम्बर वरियतामा रहेका धिरजप्रताप सिंहलाई आईजीपी बनाउने पक्षमा थिए ।केपी शर्मा ओली नेतृत्वको… विस्तृतमा
April 27, 2:56
सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद बैठकले जेठ १ गतेदेखि लागु हुने गरी हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि ज्ञानेन्द्र कार्कीले जानकारी दिए।
परीक्षणका रूपमा अहिलेलाई दुई दिन बिदा दिने निर्णय गरेको कार्कीले बताए। निर्णयअनुसार अब शनिबार र आइतबार दुई दिन बिदा हुनेछ। अरू दिन कार्यालयहरू बिहान साढे ९… विस्तृतमा
April 27, 1:31
काठमाडौं १४ बैशाख / नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले पार्टीका सचिवालय सदस्य हेमन्दप्रकाश वली सुदर्शन र धर्मेन्द्र बास्तोला कञ्चनलाई पार्टीका सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरेका छन्। विप्लवले एक विज्ञप्ति जारी गर्दै वली र बास्तोलालाई पार्टीको सम्पूर्ण जिम्मेवारीबाट अनिश्चितकालका लागि पदमुक्त गरेको बताएका छन्।
स्थानीय निर्वाचनमा भाग लिने विषयमा नेकपामा विवाद थियो। स्थानीय निर्वाचनमा विप्लव… विस्तृतमा
April 27, 10:31
काठमाण्डाै – सरकारले मोटरसाइकल, मोबाइल लगायतका १० प्रकारका सामानहरु भित्र्याउन रोक लगाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले हिजो राजपत्रमा सूचना निकालेर विभिन्न १० प्रकारका विलासी उपभोग्य सामान नेपाल भित्र्याउन रोक लगाइएको जनाएको छ ।
आउँदो असार मसान्तसम्मका लागि मोबाइल सेट, ३२ इञ्चभन्दा माथिका रंगीन टेलिभिजन र २५० सीसीभन्दा बढी क्षमता भएका मोटरसाइकल ल्याउन रोक लगाइएको छ । यस्तै… विस्तृतमा
April 22, 6:52
काठमाडौँ,९ वैशाख / यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले ७७ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । यस्तै ७५३ वटा पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । गत चैत १३ गते नियुक्त भएका उनीहरुले आगामी जेठ मसान्तसम्म स्थानीय तहमा रहेर काम गर्नेछन् । निर्वाचन सम्पन्न गरी उम्मेदवारलाई निर्वाचित भएको प्रमाणपत्र दिने तथा गाउँ तथा नगर… विस्तृतमा
April 22, 6:48
काठमाडौँ,९ वैशाख/ नेपाल वायुसेवा निगमले नेपालीहरुको ठूलो संख्या रहेको मुलुक साउदी अरबमा शुक्रबारदेखि नियमित उडान सुरु गर्ने भएको छ ।साउदी अरबको रियादमा काठमाडौँबाट नेपाल एयरलाइन्सको जहाज शुक्रबार साँझ ७ः१५ मा रियादका लागि उड्ने भएको छ ।
निगमले वाइडबडी जहाज किन्ने बेला गरेको बजार प्रक्षेपणमा यो गन्तव्य समेटिएको थियो । तर, लामो समयसम्म निगमले अनुमति नपाउँदा उडान विस्तार गर्न भने सकेको थिएन ।… विस्तृतमा
April 22, 11:50
काठमाडौँ,९ वैशाख । बलिउड सुपरस्टार सलमान खान १२ जेठमा नेपाल आउने भएको छन् । १४ जेठमा ‘दबंग टु नेपाल-रिलोडेड’ कार्यक्रममा सहभागी हुन बलिउड सुपरस्टार खान दुई दिन अघि नै नेपाल आउने भएका हुन् ।
१२ जेठ साँझ काठमाडौं ओर्लने खानले १३ जेठमा पर्यटनमन्त्री प्रेमबहादुर आलेसँग माउन्ट फ्लाइट गर्नेछन् भने सोही दिन सगरमाथा क्षेत्रमा ब्रेक्रफास्टसमेत गर्ने कार्यतालिका बनाइएको आयोजक राजिव श्रेष्ठले जानकारी दिए… विस्तृतमा
April 22, 11:43
काठमाडौं ,९ वैशाख । स्थानीय तह निर्वाचनमा देशभर १० हजार जना पर्यवेक्षकले निर्वाचन पर्यवेक्षण गर्ने भएका छन् । निर्वाचन आयोगले मापदण्ड पुरा गरेका ४४ वटा संस्थाहरुलाई पर्यवेक्षणको अनुमति दिने निर्णय गरेको हो । पर्यवेक्षकहरुले आफू मतदाता भएको स्थानीय तहमा भने निर्वाचनको अनुगमन गर्न पाउने छैनन् ।
आयोगले उनीहरुलाई मनोनयनदेखि मतपरिणाम सार्वजनिक हुँदाको बेलासम्म अनुगमन गर्न अनुमति दिएको हो ।… विस्तृतमा
April 20, 3:15
काठमाण्डौं,७ बैशाख / सर्वोच्च अदालतले ठेकेदारलाई शर्तसहित उम्मेदवार बन्ने बाटो खुला गरिदिएको छ । निर्वाचन आयोगलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा दायर रिटमाथि सोमबार सुनुवाई गर्दै सर्वोच्चले ठेकेदारलाई शर्तसहित उम्मेदवार बन्ने बाटो खुला गरिदिएको हो ।
दायर रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश नहकुल सुवेदीको इजलासले यस्तो आदेश दिएको हो । आदेशमा सम्बन्धित पालिकामा ठेक्का कारोबार नभएका ठेकेदारलाई मात्रै… विस्तृतमा
April 19, 11:57
काठमाण्डौं ६ बैशाख / प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहको निर्वाचन निर्धारित मितिमै हुने बताएका छन् । स्थानीय तहको निर्वाचन ३० वैशाखमा तय भए पनि चुनाव सार्ने षडयन्त्र भइरहेको भनेर प्रमुख प्रतिपक्षी नेकपा एमालेले निष्कर्ष निकालेको भोलिपल्ट प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन हुँदैन कि भनेर शंका नगर्नुहोस भनेका हुन् ।
मंगलबार राजधानीमा पत्रकारसँगको अन्तर्क्रियामा प्रमुख… विस्तृतमा
April 17, 10:57
काठमाडौँ,४ वैशाख / निर्वाचन आयोगले यस वर्ष मतदाता शिक्षाका लागि घरदैलो अभियान सन्चालन नगर्ने भएको छ । अघिल्ला निर्वाचनमा मतदाता शिक्षाका लागि गरिएको घर दैलो अभियान प्रभावकारी नभएको भन्दै आयोगले यस वर्ष त्यो काम नगर्ने जनाएको हो । मतदाता शिक्षाको क्रममा मतदाताहरुलाई बदर नहुने गरी मतदान कसरी गर्ने भन्ने कुरा सिकाइन्छ । त्यसका लागि नमूना मतपत्र प्रकाशित गरी आयोगले स्वयंसेवकहरु परिचालन गरी भोट हाल्ने… विस्तृतमा