गजल: म भन्दिनँ तिमीलाई मसँग प्रेम गर्ने तिम्रो हक छैन......
August 11, 11:38
गजल
म भन्दिनँ तिमीलाई मसँग प्रेम गर्ने तिम्रो हक छैन
यत्ति भन्छु तिम्रो हितका निम्ति,म तिम्रो लायक छैन
श्रृङ्गारको सिप नलाग्ने रहेछ मन खुसी नभएपछि
प्रेमीसँग छुट्टिएकी बेहुलीको अनुहारमा चमक छैन
शहरमा हर दिन जुलुस निस्किन्छ रोजगारी माग्नेको
वर्षौं भयो यो विकट गाउँको स्कुलमा शिक्षक छैन
तिमी महलको सपना देख्छ्यौ कारको सपना देख्छ्यौ
पैदल जानुपर्छ मेरो झुपडीसम्म पुगेको सडक छैन
त्यो दिनदेखि मैले आफैँलाई मृत घोषणा गरेको हुँ
जुन दिन भन्यौँ तिमीले तिमी हुनु र नहुनुमा फरक छैन ।
© साधु भाइ
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
February 15, 10:45
February 15, 10:38
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
February 15, 10:38
February 15, 10:33
December 13, 2:10
December 14, 4:41
December 16, 11:23
December 18, 11:57
December 19, 3:18
सम्बन्धित वर्गका समाचारहरू
February 03, 8:15
धनगढी । नेपाली कथानक चलचित्र काँडेतारको विशेष च्यारिटी सो धनगढीमा आज प्रदर्शन गरिएको छ । सीमा… विस्तृतमा
January 29, 8:22
धनगढी। सीमा रक्षाको क्रममा ज्यान गुमाउनु भएका कञ्चनपुरका सहिद गोविन्द गौतमको परिवारलाई सहयोगार्थ… विस्तृतमा