विपन्नलाई दाहसंस्कारमा सघाउँदै धनगढी उपमहानगरपालिका

मृतकका परिवारलाई दाहसंस्कार खर्च सहयोग गरिदैं । तस्बिर : वीरेन्द्र सिंह
मृतकका परिवारलाई दाहसंस्कार खर्च सहयोग गरिदैं । तस्बिर : वीरेन्द्र सिंह
November 01, 11:48

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले विपन्न परिवारलाई मृतक व्यक्तिको दाहसंस्कारमा सघाउन थालेको छ ।कमजोर आर्थिक अवस्थाका कारण कसैको दाहसंस्कारमा पनि समस्या नहोस् भनेर उपमहानगरपालिकाले दाहसंस्कार खर्च उपलब्ध गराएर विपन्नलाई सघाउँदै आएको हो ।

केही महिना अगाडि धनगढी उपमहानगरपालिकाको कार्यपालिका बैठकले विपन्न परिवारलाई दाहसंस्कार खर्च उपलब्ध गराउने निर्णय गरेको थियो । सो निर्णय बमोजिम विपन्न परिवारका व्यक्तिको मृत्यु भएमा दाह संस्कार गर्नका लागि नगद पाँच हजार रुपियाँ सहयोग गर्ने गरिएको छ ।

कार्यपालिकाको निर्णय पश्चात हालसम्म ४५ जनाको दाहसंस्कारका लागि परिवारका सदस्यलाई सहयोग गरिसकेको धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले जानकारी दिनुभयो । मृतकका परिवारले दाहसंस्कार पूर्व धनगढी उपमहानगरपालिकाको टोल फ्री नम्बरमा फोन गरेर जानकारी गराएपछि मृतकको घरमै पुगेर नगर प्रहरीले सहयोग रकम हस्तान्तरण गर्ने गरेको हमालले उल्लेख गर्नुभयो । साथै, मृतकप्रति श्रद्धाञ्जली स्वरुप नगर प्रहरीले सलामी पनि अर्पण गर्ने गरेको उहाँले बताउनुभयो ।

विपन्न परिवारका कसैको पनि मृत्यु भएमा दाहसंस्कार खर्च लिनका लागि दाह संस्कार पूर्व नै नगर प्रहरीलाई जानकारी गराउनु पर्ने जनाइएको छ । जानकारी प्राप्त हुन साथ दुई जनासम्म नगर प्रहरी मृतकको घरमै पुगेर दाहसंस्कार खर्च परिवारलाई हस्तान्तरण गर्ने गरेका छन् ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा