डोटीमा डस्टबिनको रूपमा डोकाको प्रयोग हुँदै  

January 10, 11:02

डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर( १ सिमचौरमा डस्टबिनका रूपमा डोकोको प्रयोग हुँदै आएको छ । 

गत वर्षबाट यस क्षेत्रमा बाँस तथा निगालोबाट बनाइएका डोकालाई फोहोर मैला व्यवस्थापनका लागि डस्टबिनका रूपमा प्रयोगमा ल्याइएको थियो । यस वर्ष पनि डस्टबिनका रूपमा डोकोको प्रयोगले निरन्तरता पाएको छ । 

पछिल्लो समय सहर बजारमा, गाउँ घरमा अत्यधिक रूपमा प्रयोगमा आउने प्लास्टिकको डस्टबिनको साटो डोको प्रयोग गर्दा वातावरण स्वच्छ हुने वडा  नम्बर १ का अध्यक्ष खेम बहादुर घर्तिमगरले बताए ।

स्थानीय स्तरमा पाइने बाँस तथा निगालोबाट बनाइएका डोकालाई प्रयोग गर्दा बजार क्षेत्रको सरसफाइमा सहयोग पुग्नुका साथै स्थानीय स्रोत साधनले बजार पाउने र रोजगारी समेत बढ्ने उनको भनाई छ ।

यूएमएन डोटी र ग्रामीण सामुदायिक विकास केन्द्रको संयुक्त साझेदारीमा सञ्चालित क्लाइमेट परियोजना अन्तर्गत वडासँगको सहकार्यमा डोका हस्तान्तरण गरिएको ग्रामीण सामुदायिक विकास केन्द्र डोटीले जनाएको छ ।

डस्टबिनका रूपमा डोकोको प्रयोग गर्न मङ्गलवार सिमचौर बजार व्यवस्थापन समितिलाई डस्टबिन स्वरूप ३० ओटा डोका हस्तान्तरण गरिएको छ ।
 

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा