बझाङमा हिमपात, विद्युत् सेवा अवरुद्ध

February 02, 12:40

बझाङ / लामो समयको खडेरीपछि बुधबार रातिबाट बझाङमा हिउँदे वर्षा सुरु भएको छ । वर्षासँगै हिमाली तथा उच्च पहाडी भेगका अधिकांश ठाउँमा हिउँ जम्न थालेको छ भने हिमपातपछि जिल्लाको विद्युत् सेवा अवरुद्ध भएको छ । 

अहिलेसम्म सबै भन्दा बढी हिउँ साइपाल गाउँपालिकामा दुई फिट जति हिउँ जमेको स्थानीयले बताएका छन् ।

बझाङको सुर्मा, छविसपाथीभेरा, मष्टा, थलारा, खप्तडछान्ना, दुर्गाथली, केदारस्युँ, तल्कोट गाउँपालिका तथा जयपृथ्वी र बुंगल नगरपालिकाका विभिन्न ठाउँमा हिउँ जम्न थालेको छ । हिमपातसँगै जाडो बढेपछि जिल्लाभरका अधिकांश विद्यालय समेत बन्द गरिएको छ । बिहीबार पनि हिउँदे वर्षा निरन्तर भइरहेकोले अझै हिउँ थपिन सक्ने सम्भावना छ ।

हिमपातको कारण बैतडीको श्रीभावरदेखि बझाङको वित्थडबीचमा पर्ने खण्डमा राष्ट्रिय प्रसारण लाइनमा खराबी आउँदा बुधबारदेखि नै विद्युत सेवा अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण बझाङ वितरण केन्द्रका सुपरभाइजर रुपक थापाले बताए । विद्युत मर्मतका लागि प्राविधिकको टोली त्यस तर्फ पठाइसकिएको भए पनि मर्मत हुन कति समय लाग्छ भनेर भन्न नसकिने उनको भनाइ छ ।

यस्तै घाम नलागेका कारण कतिपय पालिकाहरूमा रहेका नेपाल टेलिकमको टावरमा सौर्य प्रणालीले काम नगर्दा टेलिफोन र इन्टरनेट सेवा समेत अवरुद्ध भएको छ ।

झन्डै पाँच महिनाको खडेरीका कारण सुक्न लागेको बालिनालीका लागि भने हिमपात र हिउँदे वर्षाले राहत पुगेको किसानले बताएका छन् । लामो समय हिउँ नपर्दा यहाँका हिमाली र पहाडी क्षेत्रमा लगाएको बाली सुक्न थालेको थियो ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा