कैलाली विद्या निकेतनद्वारा स्टेपिङ स्टोन पराजित, दुबै टोलि प्रतियोगिताबाट भने बाहिरिए

March 15, 8:33

कैलालीको धनगढीमा जारी प्रथम मृग गार्मेन्ट लिटिल फ्लावर सुपर लिग अन्तर्गत चौथो दिनको पहिलो खेलमा कैलाली विद्या निकेतनले स्टेपिङ स्टोन बोर्डिङ स्कुल धनगढीलाई १-० गोल अन्तरले पराजित गरेको छ ।

धनगढी स्थित कभर्डहलमा बिहिबार सम्पन्न पहिलो खेलको पहिलो हापमा दुबै टोलिले बराबरी खेलेपनि दोस्रो हापको ५ औ मिनटमा कैलालीका गजेन्द्र देउवाले निर्णायक गोल गर्दै टिमलाई जित दिलाएका थिए । कैलालीका गजेन्द्र देउवा खेलको म्यान अफ द म्याच घोषित भएका थिए ।

समुह ए मा रहेका दुबै टोलिले आफ्नो पहिलो खेलमा सैनिक आवासियसङ्ग पराजय बेहोरेका थिए । समुह ए बाट सैनिक आवासिय यस अघि नै सेमिफाइनल प्रवेश गरेका कारण आज कैलाली बिद्या निकेतन र स्टेपिङ स्टोन प्रतियोगिताबाट बाहिरिएका हुन ।

प्रतियोगिताको विजेता टोलिले नगद ३० हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ्न भने उप-विजेता टोलिले १५ हजार सहित मेडल र ट्रफी पाउने भएका छ्न । त्यसैगरी प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई समेत नगद ३ हजार , मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन ।