नवदुर्गा माध्यमिक विद्यालयको २५ औँ वार्षिकोत्सव सम्पन्न

March 15, 8:41

धनगढी उपमहानगरपालीका वडा नम्बर २ मा रहेको नव दुर्गा माध्यमिक विद्यालयको २५ औँ वार्षिकोत्सव समारोह विभिन्न कार्यक्रम गरि आज मनाइएको छ ।

कार्यक्रमको प्रमुख अतिथी नेपाली कांग्रेसका प्रदेश सभा सदस्य डिल्लीराज पन्त रहनुभएको थियो । कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य पन्तले शिक्षा र विद्यालयको चौतर्फी विकासका लागी आफु सधै तत्पर रहेको बताउनुभयो ।उहाले विद्यालयको भौतिक पुर्वाधार निमार्णका लागी सांसद विकास कोषबाट ८ लाख सहयोगको घोषण गर्नु भएको छ ।

समारोहमा प्रदेश सभा सदस्य टेक बहादुर रैका, दिव्यश्वरी शाह, धनगढी उपमहानगरपालीकाका मेयर नृप वड लगाएतको सहभागीता रहेको थियो ।

विद्यालयले आधारभुत तहका मायादेवि उपाध्याय र मावि तहका केशव राज पन्त लाई सम्मान गरेको छ ।