जब ‘समर्पण’ले गलजमार्फत तताए सुदूरपश्चिम महोत्सवको माहोल

March 15, 8:51

गत माघ २१ गते देखि कैलाली उद्योग बाणिज्य संघको आयोजनामा जारी सुदूर पश्चिम महोत्सव २०७५ को आज चौथो दिन पनि विभिन्न कलाकारहरुले आफ्नो प्रस्तुति राख्दै दर्शकलाई मनोरञ्जन प्रदान गरेका छ्न ।

यसैबीच सुदूरपश्चिमको समृद्धिका लागि आर्थिक समृद्धि भन्ने नारा सहित सुरु भएको सुदूरपश्चिम महोत्सवमा हल्का वर्षा सङ्गै चिसो मौसमले केहि अपेक्षित भिडभाड भन्दा कम देखिएको माहोललाई गजलकार डिल्लीराज ओझा समर्पणले पनि गजल वाचन गर्दै तताई दिएका छ्न ।

डिल्लीराज ओझा ‘समर्पण’ ले वाचन गरेका गजल शेरहरु

१- नेता, विज्ञ व्यवसायी सब मिलेर आउनुहोस् प्रदेश समृद्ध बनाउँ,
पछि समय जानेछ घर्केर आउनुहोस प्रदेश समृद्ध बनाउँ ।

विद्युत उत्पादन गरि निर्यात गरौं न समयमै,
सेती, महाकाली जाँदैछन् खेर आउनुहोस् प्रदेश समृद्ध बनाउँ ।

हिमालमा यार्सा, स्याउ पहाडमा ओखर सुन्तला छदैंछन,
तराईमा उखु, आपँ लिची रोपेर आउनुहोस् प्रदेश समृद्ध बनाउँ ।

काम गर्ने बोल्दैनन् गर्छन्, नगर्ने दिनहुँ बोल्छन् गदैनन्,
नबसौं तेरो मेरो गरेर आउनुहोस् प्रदेश समृद्ध बनाउँ ।