नेपाल आइपुग्यो १६ लाख ६० हजार डोज मोर्डना खोप

news
news
January 24, 5:15

काठमाडौँ,१० माघ । नेपालले कोभिड-१९ विरुद्ध बालबालिकालाई लगाइने १६ लाख ६० हजार डोज मोडर्ना खोप प्राप्त गरेको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गत व्यवस्थापन महाशाखाको आपूर्ति शाखाले उक्त परिमाणको खोप सोमबार काठमाडौं आइपुगेको जनाएको छ ।

मंगलबार थप २३ लाख ४० हजार डोज खोप आइपुग्ने विभागले जनाएको छ । सरकारले विश्व बैंकको आर्थिक सहायतामा कोभ्याक्स संयन्त्रमार्फत खोप खरिद गरेको हो । उक्त खोपका लागि आवश्यक पर्ने सिरिन्ज चाहिँ सरकारले आफै ल्याउने भएको छ ।

विभागका अनुसार सरकारले आफैले खरिद गरेको २ करोड ४ लाख सिरिञ्ज मध्ये ५० लाख भने आइसकेको छ । आइतबार चीनबाट पन २० लाख खोपको सिरिञ्ज आइसकेको छ ।

AVN
nast clz

सम्बन्धित वर्गका समाचारहरू

‘होल्डिङ सेन्टर’ सञ्चालनका लागि चार विकल्प
महेन्द्रनगर । प्रयोगविहिन रहेका ‘होल्डिङ सेन्टर’ सञ्चालनका लागि स्थानीय प्रशासनले सरकार समक्ष चार… विस्तृतमा
अछामका स्वास्थ्यकर्मी आन्दोलित
अछाम ।  देशका विभिन्न स्थानमा स्वास्थ्यकर्मीमाथिको आक्रमणको विरोधमा अछाममा पनि विरोध गरिएको छ ।… विस्तृतमा
सुदूरपश्चिममा डेंगी संक्रमणबाट आठ महिनामा तीन जनाको मृत्यु, ८ सय…
धनगढी । बितेको आठ महिनामा सुदूरपश्चिममा आठ सय ७७ जनालाई डेंगीको सङ्क्रमण देखिएको छ । सुदूरपश्चिममा… विस्तृतमा
डोटी जिल्लाका उत्कृष्ट नौ स्वास्थ्यकर्मी सम्मानित
डाेटी,२७ भदाै । डोटी जिल्लाका नौ जना उत्कृष्ट काम गर्ने स्वास्थ्यकर्मीलाई सम्मान गरिएको छ ।… विस्तृतमा