मृतकका आफन्तलाई १५ लाख क्षतिपूर्ति दिएपछि अस्पतालका सबै सेवा सुचारु

April 03, 12:58

धनगढी,२० चैत्र /  शनिवार कैलालीको अत्तरियास्थित पद्मा अस्पतालमा मृत्यु भएका बिरामीका आफन्तलाई १५ लाख क्षतिपूर्ति दिइएको छ। शनिवार साँझ अस्पताल प्रशासन, प्रहरी र स्थानीयबीच भएको सहमति अनुसार अस्पतालले सो रकम दिएको हो। उक्त सहमति भएसँगै आफन्तले शव बुझेका थिए। सहमति भएपछि शनिवार साँझबाटै अस्पतालले पनि आफ्नो सेवा सुचारु गरेको थियो। 

शुक्रवार राति उपचारका लागि अस्पतालमा पुगेका गोदावरी नगरपालिका–३ का बिनोद कुमार बोहरा उपचारकै क्रममा शनिवार बिहान मृत्यु भएको थियो। झाडापखाला भएर अस्पताल पुगेका भनिएका उनको मृत्युपछि आक्रोशित आफन्त र स्थानीयले अस्पतालमा ढुंगामुडा गरेका थिए। ढुंगा मुडाबाट अस्पतालको संरचना, एम्बुलेन्ससहित ३ ओटा गाडी, ल्याबका मेशिन, आइसियू मोनेटर तथा उपकरणहरुमा क्षति पुगेको पद्मा अस्पताल प्रालिका प्रबन्ध निर्देशक डा नरबहादुर मौनीले बताए। 

डा मैनीले सत्यतथ्य नबुझेर अस्पतालमा तोडफोड गर्नु गलत भएको बताएका छन्। ‘घटनाको अनुसन्धान हुनुपथ्र्यो। त्यसपछि अस्पताल प्रशासनले गर्ने कारबाही अगाडी बढाउथ्यो। त्यसपछि हामीले के गर्नुपथ्र्यो गथ्र्यौ’, उनी भन्छन्, ‘तर यहाँ हुलहज्जत गरी अस्पतालमा तोडफोड गरियो। विरामीलाई मृगौलाको समस्या थियो। उक्त कुरा नबुझी आक्रोशित भएर अस्पतालमा क्षति पुगाइयो।’ उनका अनुसार तोडफोडबाट अस्पतालमा ७० लाखभन्दा बढीको क्षति भएको छ।

आक्रोशित स्थानीयले अत्तरिया बजारमा यातायातका सवारी साधन समेत ठप्प पारेका थिए।  उनीहरुले अस्पतालका डाक्टरहरुको लापर्बाहीका कारण बोहराको मृत्यु भएको भन्दै क्षतिपूर्ति तथा अनुसन्धान गरी दोषीलाई सजायको माग राखेका थिए।

NT-APP-AD

सम्बन्धित वर्गका समाचारहरू

रैकवार स्वास्थ्य चौकीमा बृहत् निःशुल्क स्वास्थ्य शिविर आयोजना,…
कञ्चनपुर – कृष्णपुर नगरपालिकाको आयोजना र केजी अस्पताल धनगढीको  प्राविधिक सहयोगमा कृष्णपुर नगरपालिका… विस्तृतमा
जिल्ला अस्पताल डोटीमा अक्सिजन प्लान्ट जडान,मन्त्री रैका द्ववारा…
सिलगढी– जिल्ला अस्पताल डोटीमा अक्सिजन प्लान्ट जडान गरिएको छ । दिनको १० वटा सिलिन्डर भर्न सक्ने… विस्तृतमा
१५ देशमा फैलियो मंकीपक्स संक्रमण
एजेन्सी ९ जेठ / पछिल्लो समयमा केही देशमा देखिएको मंकीपक्स संक्रमण थप देशहरुमा पनि देखिएको छ ।… विस्तृतमा
धनगढीमा भोलीबाट बालबालिकालाई टाइफाइड बिरुद्धको खोप लगाइने
धनगढी, २२ चैत । धनगढीमा भोली(बुधबार)बाट बालबालिकालाई टाइफाइड बिरुद्धको खोप लगाइने भएको छ । धनगढीका… विस्तृतमा