धनगढीमा महिला गोल्डकप फुटबल प्रतियोगिता सुरु, पुलिसको विजयी सुरुवात

विभागीय टिम नेपाल पुलिस विजयी सुरुवात
विभागीय टिम नेपाल पुलिस विजयी सुरुवात
April 16, 10:55

धनगढी - कैलालीको धनगढीमा आजबाट प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिता सुरु हुने भएको छ । वनदेवी युवा क्लबको आयोजनमा सुरु भएको प्रतियोगिता अन्तर्गत आज आज भएको उद्घाटन खेलमा विभागीय टिम नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ । 

धनगढी रङ्गशालामा भएको खेलमा चन्द्रपुर नगरपालिका रौतहटलाई १–० गोल अन्तरले पराजित गर्दै नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको हो । पहिलो हाफ गोलरहित बराबरीमा रहँदा दोस्रो हाफको ५९ औँ मिनेटमा रेखा पौडेलले गोल गर्दै पुलिसलाई अग्रता दिलाइन । निर्धारित ९० मिनेटको खेलमा चन्द्रपुरका तर्फबाट कुनै पनि गोल हुन नसकेपछि रेखाको गोल नै निर्णायक गोल बन्यो । वैशाख १० गतेसम्म सञ्चालन हुने गोल्डकपमा ३ विभागीयसहित ८ टिमको सहभागिता रहेको छ । गोल्डकपको विजयी टिमले ट्रफीसहित नगद ५ लाख र उपविजेताले ट्रफीसहित २ लाख ५० हजार रुपैयाँ पुरस्कार राशि प्राप्त गर्ने छ ।

प्रतियोगितामा म्यान अफ दी म्याचलाई ५ हजार, त्यस्तै विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १० हजार र प्रतियोगिता भरी उत्कृष्ट हुने खेलाडीले नगद ५० हजार रुपैयाँ प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष सुसन जोशीले बताए । धनगढीमा दिउँसो अत्यधिक गर्मी हुने भएकोले पहिलो पटक रात्रिकालीन प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिताको आज एक कार्यक्रमकाबिच मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गरेका हुन् । 

 

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा…
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा