विप्लव नेतृत्वको नेकपाका नेता वली र बास्तोला पदमुक्त

April 27, 1:31

काठमाडौं १४ बैशाख / नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले पार्टीका सचिवालय सदस्य हेमन्दप्रकाश वली सुदर्शन र धर्मेन्द्र बास्तोला कञ्चनलाई पार्टीका सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरेका छन्।  विप्लवले एक विज्ञप्ति जारी गर्दै वली र बास्तोलालाई पार्टीको सम्पूर्ण जिम्मेवारीबाट अनिश्चितकालका लागि पदमुक्त गरेको बताएका छन्। 

स्थानीय निर्वाचनमा भाग लिने विषयमा नेकपामा विवाद थियो। स्थानीय निर्वाचनमा विप्लव पक्षका नेताहरूले स्वतन्त्र उम्मेदवारी दिएपछि निर्वाचनको विपक्षमा रहँदै आएका बास्तोलाले मंगलबार विज्ञप्ति जारी गर्दै उम्मेदवारी फिर्ता लिन निर्देशन दिएका थिए। 

‘सुदर्शनजी र कञ्चनजीले मच्चाएको वितण्डा एवं कञ्चनजीले अलग केन्द्रका रूपमा वक्तव्य निकालेपछि लगत्तै सचिवालयका कमरेडहरूसँग छलफल गरियो। सबैतिरका सुझाव एवं सुदर्शन र कञ्चनका गल्तीहरूको प्रकृति हेर्दा उहाँहरू निकै पर पुगिसकेको, विभिन्न बैठक एवं भेलासमेत गर्दै हिँडेकोले पार्टी विधानअनुसार दुवैजनलाई अनिश्चित समयका लागि सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिएको जानकारी गराइन्छ,’ विप्लवद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

सुदर्शन र कञ्चनले आफ्नो नमिलेको विषय स्थानीय चुनाव भएको बताए पनि यो निमित्त एवं बहानाको विषय मात्र भएको विप्लवले बताएका छन्। यो समस्याको चुरो विषय प्रतिबन्धभन्दा अगाडिको मध्यकमान्ड हुँदादेखि नै सुदर्शनसँग संगठनात्मक एवं आर्थिक मामिलामा नमिलेका र संघर्ष भएका विषय रहेको विज्ञप्तिमा उल्लेख छ।

बास्तोला र वलीको अराजकतावादी, अवसरवादी, विचलनवादी गतिविधिका कारण यो निर्णय लिनुपर्ने अवस्था आएको विप्लवले बताएका छन्।

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने…
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको…
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा