म विकास गर्ने नेता हुँ, सरकारी सम्पतीमा गिद्धे नजर लाउनेलाई म पानी मुनी गएपनि छोड्दैन’: आले

म विकास गर्ने नेता हुँ, सरकारी सम्पतीमा गिद्धे नजर लाउनेलाई म पानी मुनी गएपनि छोड्दैन’: आले
म विकास गर्ने नेता हुँ, सरकारी सम्पतीमा गिद्धे नजर लाउनेलाई म पानी मुनी गएपनि छोड्दैन’: आले
November 14, 6:11

डोटी - डोटीबाट लोकतान्त्रिक बाम गठबन्धनकातर्फबाट प्रतिनिधीसभा सदस्यका साझा उम्मेदवार बनेका पूर्वमन्त्री प्रेमबहादुर आलेले आफु विकास गर्ने नेता भएकाले सरकारी सम्पतीमा गिद्धे नजर लाउनेलाई म पानी मुनी गएपनि नछोड्ने बताएका छन्। डोटीको बोगटान फुड्सिल गाउँपालिका केदार अखडामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

उनले डोटीको विकास र डोटेली जनताको खुशी र समृद्धि बाहेक अन्य आफ्नो कुनै स्वार्थ नरहेको बताए। उनले भने, ‘मैले व्यक्तिगत स्वार्थ बोकेर राजनिती गरेको होइन, मैले डोटीको विकास र डोटेली जनताको खुशी अनि समृद्धि बाहेक अरु केही देखेको छैन् ।’ सोही सभालाई सम्बोधन गर्नु हुँदै पूर्वमन्त्री आलेले आफ्नो मात्र नभइ आफना सन्तति र भविष्यका पुस्ताका लागि भएपनि सहि उम्मेदवार चुन्न मतदातालाई आह्वान गरे।

उनले भने, ‘तपाइको एउटा मत गलत व्याक्तिलाई जाँदा तपाइले मात्रै होइन तपाईका सन्ततिले पनि दुःख पाउँछन्, त्यसका कारण सहि तथा काम गर्ने उम्मेदवारलाई चुन्नु होला ।’डोटीको विकास र डोटीवासीको सुख,समृद्धि आफ्नो प्रमुख एजेण्डा भएको बताए। उहाँले आफु लोक तान्त्रिक बाम गठबन्धनको साझा उम्मेदवार भएको बताउँदै आफ्नो जित भनेको काग्रेस, माओवादी, समाजवादी र राष्ट्रिय जनमोर्चाको भएको स्पष्ट पारे । उनले भने, ‘२०७४ को चुनावमा तपाई जनताकै आशीवार्दले मैले चुनाव जिते, तपाईको जनप्रतिनिधी प्रेमबहादुर आलेले जनताको शीर कहिल्यै पनि झुक्न दिएन र आगमी दिनमा पनि झुक्न दिने छैन।’

आफु मन्त्री भएका छोटो समयमा पनि बतास समूह जस्ता सरकारी जमिन हडप्नेदेखि लिएर क्यासिनो चलाएर सरकारलाई राजश्व नतिर्नेका पाता कसेर सरकारी जमिन फिर्ता गराउनुका साथै सरकारको खातामा करोडौँ रकम राजश्व जम्मा गराएको बताउँदै उनले भने, ‘म विकास गर्ने नेता हुँ, सरकारी सम्पतीमा गिद्धे नजर लाउनेलाई म पानी मुनी गएपनि छोड्दैन।’ यसैगरी उहाँले बोगटान सडक कालोपत्रेको कामका लागि बजेट विनियोजन गराउन सफल भएको बताउनु हुँदै उहाँले खुटिया, बिपिनगर, गड्सेरा, दिपायल, सायल हुँदै बझाङ उरै जोड्ने सडक निर्माणको काम पनि आफुले नै सुरुवात गर्ने दाबी गरे। उनले भने, ‘मेरो कार्यकालमा बनेका सडक र नाला कम्तिमा ५० वर्ष टिक्नेछन्, मैले डोटीको पर्यटन प्रबद्धनदेखि धार्मिक क्षेत्रमा करोडौँ बजेट विनियोजन गरेको छु, अबका दिनमा पनि डोटीको मुहार फेर्ने गरी विकास गर्छु ।’ डोटीको विकास तथा डोटेली जनताको सुख र समृद्धिका लागि कलम चिन्हमा मतदान गर्न समेत उहाँले आम नागरिकमा आह्वान गरेका छन्।

NT-APP-AD

सम्बन्धित वर्गका समाचारहरू

अछाममा एमाले विवाद : ओली र रावल पक्षका छुट्टाछुट्टै…
अछाम - नेकपा एमालेले सुरु गरेको ‘मिसन ग्रासरुट’ कार्यक्रम अन्तर्गत अछाममा विवाद उत्पन्न भएको छ ।… विस्तृतमा
सुदूरपश्चिममा सरकारको नेतृत्व लिन काँग्रेसले थाल्यो…
धनगढी – सुदूरपश्चिममा सरकार गठनका लागि प्रदेश प्रमुखबाट २७ गतेको समय सीमा दिइएको छ । त्यसको कसरतमा… विस्तृतमा
कञ्चनपुरको भीमदत्तनगरमा आर्थिक अनियमितताको उजुरीपछि…
कञ्चनपुर। कञ्चनपुरको भीमदत्तनगरमा आर्थिक अनियमितताको उजुरीपछि कागजपत्र माग गरिएको छ। अख्तियार… विस्तृतमा
दार्चुलामा कार्यकर्ता कुटिएको भन्दै गठबन्धनद्धारा सडक…
दार्चुला - दार्चुलामा सत्तारुढ गठबन्धनमा आबद्ध दलका कार्यकर्ताले सडक अवरुद्ध गरेका छन्। आफ्ना… विस्तृतमा