रैकवार स्वास्थ्य चौकीमा बृहत् निःशुल्क स्वास्थ्य शिविर आयोजना, ४१६ जनाको स्वास्थ्य परीक्षण

February 25, 9:02

कञ्चनपुर – कृष्णपुर नगरपालिकाको आयोजना र केजी अस्पताल धनगढीको  प्राविधिक सहयोगमा कृष्णपुर नगरपालिका–८ मा रहेको रैकवार स्वास्थ्य चौकीमा बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । शनिवार रैकवार स्वास्थ्य चौकीमा एक औपचारिक कार्यक्रममा बिच नगरप्रमुख हेमराज ओझाले उक्त निःशुल्क स्वास्थ्य शिविरको शुभारम्भ गरेका हुन । नगरपालिकाका वडा न ७, ८ र ९ का नागरिकहरूलाई लक्षित गरी उक्त स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । उक्त निःशुल्क स्वास्थ्य शिविरमा जनरल मेडिसिन फिजिसियनद्वारा चेकजाँच, हाड जोर्नी तथा नसा रोग सम्बन्धी चेकजाँच,स्त्री तथा प्रसूति रोग सम्बन्धी चेकजाँच,सर्जरी सम्बन्धी सेवा,दन्त रोग सम्बन्धी चेकजाँच र निःशुल्क हाइड्रोशीलको शल्यक्रिया सेवा उपलब्ध थिए । 

नागरिकसँग मेयर कार्यक्रमको दोस्रो चरण अन्तर्गत विशेषज्ञ चिकित्सक सहितको स्वास्थ्य शिविर आयोजना गरिएको नगरप्रमुख हेमराज ओझाले बताए । उनले विकास निर्माणका कामहरू निरन्तर भइरहने र केही ढिला भए पनि त्यति फरक नपर्ने तर मानवको स्वास्थ्य संवेदनशील विषय भएकोले आफूले कृष्णपुरका जनताको स्वास्थ्यलाई पहिलो प्राथमिकता दिएको बताए । उनले नियमित भइराख्ने विकासे बजेटबाट रकम कट्टी गर्दै स्वास्थ्य क्षेत्रमा बढी रकम छुट्याएको समेत बताए । स्वास्थ्य क्षेत्र प्रति आफू संवेदनशील रहेको र नागरिकका पक्षमा केही न केही देखिने गरी काम गर्न खोजेको भन्दै आगामी दिनमा नागरिकसँग मेयर कार्यक्रमलाई बृहत् बनाउने सोच रहेको नगरप्रमुख ओझाले बताए । 

केजी अस्पताल धनगढीका डाइरेक्टर डा।दीपक सिंहले शिविरमा सेवा लिन आएका सेवाग्राहीहरूको निःशुल्क स्वास्थ्य परीक्षण गरेका हुन । उक्त स्वास्थ्य शिविरमा ४१६ जनाले निःशुल्क स्वास्थ्य परीक्षण गराएको वडा न ८ का अध्यक्ष दिनेश खड्काले बताए डा।दीपक सिंहले आफूहरू स्थानीय तहसँग काम गर्न इच्छुक रहेको बताउँदै कृष्णपुरका जनतासँग जोड्ने मौका दिएकोमा नगरप्रमुखलाई धन्यवाद समेत दिए । डा।दीपक सिंहले कृष्णपुर नगरपालिकाको पहिचान खुल्ने कागजसहित अस्पतालमा सेवा लिने आए कृष्णपुरका नागरिकलाई सहुलियतमा सेवा दिने प्रतिबद्धता पनि व्यक्त गरे। 

कृष्णपुर नगरपालिका वडा न ८ का अध्यक्ष एवं रैकवार स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष दिनेश खड्काको अध्यक्षतामा सम्पन्न उक्त स्वास्थ्य शिविरको प्रमुख अतिथिमा कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझा रहेका थिए । त्यस्तै नगर स्वास्थ्य चौकीको टिम,विभिन्न सामाजिक सङ्घ संस्थामा आबद्ध व्यक्तिहरू र सयौँको सङ्ख्यामा सेवाग्राहीको उपस्थित रहेको थियो ।

AVN
nast clz

सम्बन्धित वर्गका समाचारहरू

‘होल्डिङ सेन्टर’ सञ्चालनका लागि चार विकल्प
महेन्द्रनगर । प्रयोगविहिन रहेका ‘होल्डिङ सेन्टर’ सञ्चालनका लागि स्थानीय प्रशासनले सरकार समक्ष चार… विस्तृतमा
अछामका स्वास्थ्यकर्मी आन्दोलित
अछाम ।  देशका विभिन्न स्थानमा स्वास्थ्यकर्मीमाथिको आक्रमणको विरोधमा अछाममा पनि विरोध गरिएको छ ।… विस्तृतमा
सुदूरपश्चिममा डेंगी संक्रमणबाट आठ महिनामा तीन जनाको मृत्यु, ८ सय…
धनगढी । बितेको आठ महिनामा सुदूरपश्चिममा आठ सय ७७ जनालाई डेंगीको सङ्क्रमण देखिएको छ । सुदूरपश्चिममा… विस्तृतमा
डोटी जिल्लाका उत्कृष्ट नौ स्वास्थ्यकर्मी सम्मानित
डाेटी,२७ भदाै । डोटी जिल्लाका नौ जना उत्कृष्ट काम गर्ने स्वास्थ्यकर्मीलाई सम्मान गरिएको छ ।… विस्तृतमा