डेङ्गु रोकथाम अभियानलाई प्रभावकारी बनाउन सुझाव

August 23, 5:48

धनगढी,०६ भदौ । कैलालीमा डेङ्गुका बिरामी बढ्दै गएकाले रोकथामको अभियानलाई अझ प्रभावकारी बनाउन जरुरी रहेको स्वास्थ्यकर्मीले बताएका छन् । 

जिल्ला स्वास्थ्य कार्यालयले आज आयोजना गरेको डेङ्गु रोगको रोकथाम तथा नियन्त्रणस्म्बन्धी सञ्चारकर्मीसहित सरोकारवालासँगको अन्तरक्रियामा अभियानलाई प्रभावकारी बनाउनुपर्ने बताइएको हो । 

डेङ्गु नियन्त्रणका लागि लार्भा खोजी र नष्ट अभियानलाई जेठबाटै सञ्चालन गरिए पनि केस बढ्दै जाँदा अभियान अझै अपुग रहेको पुष्टि भएकोे जनस्वास्थ्य निरीक्षक विमला ज्ञावालीले बताए । “अभियानलाई अझै प्रभावकारी बनाउन जरुरी छ” उनले भने । 

जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार यो वर्षको साउन मसान्तसम्म कैलालीमा डेङ्गुका बिरामीको संख्या १३५ पुगेको छ । डेङ्गुको सङ्क्रमण बढ्दोक्रममा देखिएको जिल्ला स्वास्थ्य कार्यालयका सरुवा रोग स्रोतव्यक्ति मीनबहादुर धामीले बताए । उनका अनुसार गत वर्ष ४५५ जनामा डेङ्गु सङ्क्रमण भएको थियो । जसमध्ये तीन जनाको ज्यान गएको छ ।  यसअघि, आर्थिक वर्ष २०७६/७७ मा ४१, २०७७/७८ मा १०१ र २०७८/७९ मा १९८ जनामा डेङ्गु पुष्टि भएको थियो । 

एडिस प्रजातिको पोथी लामखुट्टेको टोकाइबाट डेङ्गु रोग लाग्ने गरेको छ । यो प्रजातिको लामखुट्टेले दिउँसोमा मात्रै मानिसलाई टोक्ने गर्छ । भाइरसबाट लाग्ने डेङ्गु रोग रोकथामको एकमात्र भरपर्दो उपाय डेङ्गु सार्ने लामखुट्टेको लार्भा खोज र नष्ट अभियान रहेको जनाइएको छ । यसका साथै, घर वरिपरि पानी जम्न नदिनुका साथै बट्टा, गमला, टायर, प्लाष्टिकको डब्बा, ड्रमलगायतमा जमेको पानी बेला–बेला फाल्न आवश्यक रहेको स्वास्थ्यकर्मीले बताएका छन् । 

डेङ्गुबाट जोगिनका लागि लामखुट्टेको वृत्तिविकास रोक्न आवश्यक रहेको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख तेजविक्रम शाहीले बताए। उनले महामारी बहुआयामिक समस्या रहेकाले डेङ्गुको महामारी रोक्न सबै आफ्नो ठाउँबाट लाग्न आवश्यक रहेको बताए । डेङ्गुबाट जोगिनका लागि वर्षायाममा असोज महिनासम्म सतर्क रहन जरुरी रहेको उनको सुझाव छ ।  

सम्बन्धित वर्गका समाचारहरू

बयलपाटा अस्पतालाई अनुदान दिन नीतिगत बाटो खोज्दै प्रदेश…
कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक… विस्तृतमा
बयालपाटा अस्पताल र प्रदेश सरकारबीच ‘माथापच्छी’
धनगढी / चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएकै दिनदेखि अछामस्थित बयालपाटा अस्पताल पक्षधर र… विस्तृतमा
सुदुरपश्चिममा तीन दिनमा ९ व्यक्तिमा कोरोना संक्रमण
धनगढी / पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।… विस्तृतमा
बिस वर्षपछि फार्मेसी व्यवस्थित
टीकापुर । अस्पताल स्थापना भएको दुई दशकपछि टीकापुर अस्पतालमा फार्मेसी व्यवस्थित भएको छ । पहिले… विस्तृतमा