डेंगु परीक्षणमा मनपरी शुल्क, सरकारले बनायो शुल्क निर्धारण समिति

August 23, 9:43

काठमाडौं,०६ भदौ । डेंगुको प्रकोप व्यापक बन्दै जाँदा परीक्षणका नाममा प्रयोगशालाहरूले पाँच गुणासम्म बढी शुल्क असुलेको गुनासो सुनिन थालेको छ ।

र्यापिड डाइग्नोस्टिक टेस्ट आरडीटी गर्दा निजी अस्पताल, क्लिनिक तथा सरकारी अस्पतालले पनि मनपरी शुल्क लिँदै आएका छन् ।

प्रतिव्यक्ति ५०० देखि २५०० सम्म उठाइरहेको गुनासो प्राप्त भएपछि स्वास्थ्य मन्त्रालयले शुल्क निर्धारण समिति बनाएको छ ।

परीक्षण शुल्कमा मनपरी भएको गुनासो आएपछि वैज्ञानिक ढंगले शुल्क तोक्न र अनुगमन गर्न स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले दिएको निर्देशन अनुसार गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा.मदन उपाध्यायको संयोजकत्वमा चार सदस्यीय समिति गठन भएको हो ।

उक्त समितिमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा.रुद्र मरासिनी, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा.रुना झा, व्यवस्थापन माहाशाखा र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपालका पदाधिकारी तोकिएको छ ।

स्वास्थ्यमन्त्रीले अनुगमन गरेर एक हप्ताभित्रैमा रिर्पोट पेश गर्न निर्देशन दिएको एक सदस्यले बताए ।

‘डेंगु संक्रमण बढेपछि अस्पतालले मनपरी शुल्क लिँदै आएको पाइएको छ । अबको एक हप्तासम्ममा शुल्क निर्धारण हुन्छ । त्यो शुल्क भन्दा बढी लिएको पाइएमा कारबार्ही समेत हुन्छ’ ती सदस्यले भने ।

ती अधिकारी कीटको मूल्य र अन्य खर्च जोड्दा पनि ५०० रुपैयाँसम्ममा डेंगुको परीक्षण गर्न सकिने बताउँछन्, तर सरकारी तथा निजी प्रयोगशालाले चर्को शुल्क असुलिरहेका छन् । अघिल्लो वर्ष पनि सरकारले शुल्क निर्धारण गरेपछि परीक्षण सहज बनेको थियो ।

१३ जनाको मृत्यु, संक्रमित १७ हजार नाघे

डेंगु संक्रमणबाट पछिल्लो दुई महिनामा १३ जनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार जुलाई यता १३ जना संक्रमितको मृत्यु भएको हो । मृत्यु हुनेमा १२ जना सुनसरी र एकजना चिनवनका छन् । जनवरीयता अगस्ट २२ सम्म १७ हजार ४०९ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

सबैभन्दा धेरै सुनसरीमा नौ हजार १५९ जना संक्रमित भएका छन् । मोरङमा एक हजार ९४५, धादिङमा एक हजार ८९० र झापामा ९४६ जना, झापमा ९४६, काठमाडौंमा ४०२ जना संक्रमित भएका छन् ।

काठमाडौं उपत्यकामा पनि डेंगु फैलिँदो क्रममा छ । उपत्यकामा तीन जिल्ला गरी ६८९ जना संक्रमित भएका छन् ।

७५ जिल्लामा फैलिएको डेंगु अगस्टका २२ दिनमा देशभर नौ हजार ५६६ संक्रमित थपिएका छन् ।

सम्बन्धित वर्गका समाचारहरू

बयलपाटा अस्पतालाई अनुदान दिन नीतिगत बाटो खोज्दै प्रदेश…
कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक… विस्तृतमा
बयालपाटा अस्पताल र प्रदेश सरकारबीच ‘माथापच्छी’
धनगढी / चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएकै दिनदेखि अछामस्थित बयालपाटा अस्पताल पक्षधर र… विस्तृतमा
सुदुरपश्चिममा तीन दिनमा ९ व्यक्तिमा कोरोना संक्रमण
धनगढी / पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।… विस्तृतमा
बिस वर्षपछि फार्मेसी व्यवस्थित
टीकापुर । अस्पताल स्थापना भएको दुई दशकपछि टीकापुर अस्पतालमा फार्मेसी व्यवस्थित भएको छ । पहिले… विस्तृतमा