महाकालीमा बगेर बाबु–छोरा बेपत्ता

August 25, 6:37

दार्चुला,०८ भदौ । भारतसँगको सीमा नदी महाकालीमा बगेर बाबु–छोरा बेपत्ता भएका छन्।

नेपालसँगको सीमा जोडिएको भारतको झुलाघाटका ३९ बर्षीय सन्तोष चन्द र उनका ५ बर्षीय छोरा महाकालीमा बगेर बेपत्ता भएका हुन्। बेपत्ता बालकको भने नाम खुल्न सकेको छैन्। भारतीय क्षेत्रतर्फ महाकाली नदी किनारमा ट्युबसहित पौडी खेलीरहेका दुवै जना बुवा–छोरा शुक्रबार दिउँसो बगेर बेपत्ता भएका सीमा प्रहरीचौकी झुलाघाटका इन्चार्ज प्रहरी सहायक निरीक्षक जयसिंह भाटले बताए।

उर्लदो महाकालीको किनारमा पौडी खेलीरहेका उनीहरुलाई नदीले बगाएको हो। घटना भारततर्फ भएकाले थप जानकारी भने प्राप्त नभएको सीमा प्रहरीचौकी झुलाघाटले जनाएको छ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा