आफैमाथि मट्टीतेल छर्केकी दार्चुलाकी सुनाको मृत्यु 

August 28, 8:37

धनगढी,११ भदौ । दार्चुलामा मट्टीतेल छर्केर आगो लगाएकी सुनाको मृत्यु भएको छ। प्रहरीका अनुसार धनगढी ल्याउने क्रममा शैल्यशिखर नगरपालिका–५ सेतकलाकी करिब ४५ वर्षीया सुना साउँदको मृत्यु भएको हो।

गोकुलेश्वर अस्पतालमा सामान्य उपचारपछि सुनालाई थप उपचारका लागि धनगढी ल्याइदै थियो। तर, बैतडीको पाटन पुग्ने बेला उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

बैतडीका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहका अनुसार आइतवार बिहान उनले घरमा कोहि नभएको बेला आफ्नै शरीरमा मट्टीतेल छर्केर आत्मदाहको प्रयास गरेकी थिइन्। घाइते साउँदको शरीरको घुँडाभन्दा माथिल्लो भाग जलेको थियो।

आगो लागेको स्थानीयले देखेपछि साउँदलाई उद्धार गरेर गोकुलेश्वर अस्पताल पुर्याएका थिए। साउँदले शरीरमा किन आगो लगाइन् भन्ने विषय खुल्न नसकेको र यसबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा